
महेश पाण्डे
चितवन । रत्ननगरमा महिलाहरुले दुध उत्पादन तथा बिविधिकरण केन्द्र सुरु गरेका छन् । आज (सोमबार) रत्ननगर—१२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी कृषि महिला सहकारी संस्था लि.ले र) रत्ननगर—१२, मिरमिरे टोलमानै दुध उत्पादन तथा बिविधिकरण केन्द्रको सुरुवात गरेको हो ।
पशु वस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना अन्र्तगत सो परियोजना सञ्चालनमा आएको सहकारीकी उपाध्यक्ष तथा कार्यक्रमकी सभापति निर्मला दंगालले बताईन ।
सहकारीले ४ कट्ठा क्षेत्रफल जग्गा भाडामा लिएर रत्ननगर—१२ मिरमिरे टोलमा भवन निर्माण गरि दुध उत्पादन तथा बिविधिकरण केन्द्रको सुरुवात गरेको सहकारीकी ब्यवस्थापक शुसिला खनालले नेपालीको आवाज डटकमलाई जानकारी दिईन । उनले सो केन्द्र स्थापनाको लागि सहकारीको १५ लाख, हेफर इन्टरनेशनल नेपालको ८ लाख ७० हजार नगद सहयोग र प्रदेश सरकारको २ हजार लिटरको चिलिङ्ग भ्याट उपलब्ध भएपछि सो केन्द्र सञ्चालनमा आएको बताईन ।
सो दुग्ध केन्द्र सुरुवात कार्यक्रमको उद्धघाटन भने प्रदेश नं. ३ कि सांसद कञ्चन खनालले गरिन । उनले रत्ननगरमा ठुलो भुगोल र आकारमा सहकारी मार्फत महिलाहरु उत्पादन मुखि कार्यमा लाग्नु निकै खुसीको कुरा भएको बताउदै सो कार्य प्रदेश नं. ३ (ख) अन्र्तगतको सबैभन्दा पहिलो र आशालाग्दो काम रहेकोमा खुसी ब्यक्त गरिन ।
खनालले उत्पादन मुखि सहकारीलाई राज्यलेनै महत्वपुर्ण रुपमा लिएको बताउदै फेरि पनि सो संस्थालाई आवश्यक पर्ने कुरा केही रहेमा प्रदेश सरकारको बजेटमानै पारेर कार्यगर्न आफुले सहजीकरण गर्ने प्रतिबद्धता पनि ब्यक्त गरिन ।
कार्यक्रममा जिल्ला पशु सेवा स्वास्थ्य तथा भेटेनरी प्रमुख डा. दयाराम चापागाई, चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संस्था लि.का सचिव किशोर वगाले, रत्ननगर वडा नं. १२ का वडा अध्यक्ष बिर बहादुर पाख्रिन, रत्ननगर वडा नं. ११ का वडा अध्यक्ष शसिभक्त न्यौपाने, रत्ननगर नगरपालिकाकी सदस्य निर्मला खड्का, रत्ननगर नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल, हेफर इन्टरनेशनल नेपालका प्रेम स्याम्बुई, हेफर इन्टरनेशनल नेपालका संयोजक सकुन्तला रसाइली, सहकारीका संस्थापक सल्लाहाकार रघुनाथ भट्ट, महिला समन्वय समिती अध्यक्ष गोमा भट्टराई लगाएतको उपस्थिती रहेको थियो ।
सो संस्थाकी सचिव दुर्गा बरालले बि.सं. २०६६ साल जेष्ठ १७ गते ३३२ जनाबाट सुरु भएको सहकारीमा हाल ६५० जना महिला शेयर सदस्य रहेको जानकारी दिइन । उनले हाल संस्थाको कुल चुक्ता पुजी करिब ५ करोड रहेको बताउदै कार्यक्षेत्र भने रत्ननगरका वडाहरु क्रमशः १, २, ८, ९, १०, ११, १२, १३ रहेको बताइन ।
बरालले संस्थाले सुरुवात देखिनै महिलाहरुलाई सहयोग होस भनेर बाख्रा बितरण, बचत तथा ऋणको काम, सुपथ उपभोक्ता पसल, रासायनीक मल पसल लगाएतका कार्यक्रमहरुलाई अगाडी बढाई सुरुवात गरिसकोको जानकारी दिदै सहकारीले पछिल्लो परियोजना अन्र्तगत दुध उत्पादन तथा बिविधिकरण केन्द्र सुरु गरेको बताइन ।