काठमाडौँ- तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले आजका खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ ।

भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ ।

श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आज बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका

देश- स्वर्ण- कास्य- रजत जम्मा
भारत १४३- ८३- ४३- २६९
नेपाल ४९- ५१- ८३- १८३
श्रीलङ्का ३६- ७६- १०७- २१९
पाकिस्तान ३०- ३३- ४९- ११२
बङ्गलादेश १९- ३०- ७५- १२४
माल्दिभ्स ०१- ००- ०३- ४
भूटान ००- ०५- १३- १८

तपाईको प्रतिक्रिया