महेश पाण्डे
चितवन । चित्रसेन मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको १८ औं साधारण सभा सम्पन्न भएको छ । पूर्वी चितवनको रत्ननगर–८ मा रहेको चित्रसेन मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको १८ औं साधारण सभा सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
सो कार्यक्रमको बारेमा जानकारी दिदै चित्रसेन सामयायीक वनका अध्यक्ष पुष्पराज श्रेष्ठले उपभोक्तालाई राहत दिने काम नै संस्थाको पहिलो प्राथमिकतामा भएको बताए । उनले खासगरि यस आर्थीक वर्षमा वनले उपभोक्ताहरुलाई बिभिन्न शिर्षककमा राहत बितरण गरिएको जानकारी दिए । जसमा बालीनाली क्षतिपूर्ती, भ्याक्सिन, बिवाह दाउरा, किरिया दाउरा, सुत्केरी पोषण अनुदान, स्वास्थ्य बीमा, सुधारिएको चुलो, सोलार जडानमा अनुदान आदि रहेको श्रेष्ठले बताए ।

उनले सिंचाई, कालोपत्रे निर्माणका लागि अनुदान, शैक्षिक गुणस्तर वृद्धीका लागि सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई अनुदान, टोल विकासको लागि छुट्टै अनुदानको व्यवस्था गर्दै आएको बताउदै वनको मुख्य आम्दानीको श्रोत डुंगा संचालन र हात्ती प्रवेशबाट संकलन भएको रकम भएकाले यस रकमलाई प्रत्यक्ष उपभोक्ता र समुदयको हितमा लगानी गर्दै आएको जानकारी दिए ।

संस्थाका लेखा समिति संयोजक पुष्पराज मरहठ्ठाले वनको केन्द्रिय बजेटलाई बिभिन्न कामको लागि सदुपयोग आएको बताए । उनले सो बजेटलाई जिपसफारीको संचालनको लागि पुर्वाधार तयारी, सभाहल निर्माण निर्माण सम्पन्न, जेष्ठ नागरीक, एकल महिला, अपाङ्गहरुलाई सम्मान, एलइडी चिम वितरण, इलेक्ट्रिक फेज मर्मत, बोेरिङ्ग निर्माण, प्राविधिक बिषय अध्ययन गर्नका लागि छात्रबृति वितरण, रात्रिकालिन आवासका लागि मचाङ्गको निर्माण गरिने जानकारी दिए । उनले सोलार जडान साथै टोल टोलमा १० लाख बिनियाजन भरिएको जानकारी दिदै सो रकमबाट सडक कालोपत्रे, सामुदायीक भवन, क्लब भवन, नदी तटबन्धन, बाटो ग्रावेल, सामुदायीक तथा सांस्कृतीक सामाग्रीहरुको संरक्षण र प्रभावित क्षेत्रका २ वटा टोलहरुमा प्रभावित वजेट विनियोजन गरि सामुदायिक बिकास निर्माणमा कार्य भईरहेको जानकारी दिए ।

सो कार्यक्रममा ८ जना संरक्षणकर्मीहरुलाई सम्मान पनि गरिएको थियो । जसमा मचाङ्ग तथा निर्वाचनमा सहयोग पुर्याय बापत बासुदेव ढुंगाना, रत्ननगर वडा नं. ८ का वडा अध्यक्ष विनोद बस्नेत, भवन निर्माणमा सहयोग गर्ने बलराम चौधरी, मचाङ्ग निर्माणमा सहयोग गर्ने अशोक चौधरी, इलेक्ट्रिक फेज निर्माणमा सहयोग गर्ने शिव प्रसाद आचार्य, वन रक्षकमा सहयोग गर्ने सन्तराम गुरुङ, तथा अशोक दराईलाई प्रतिनिधी सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नं. ३ का प्रदेश सभा सांसद कृष्ण प्रसाद खनाल, वनका अध्यक्ष पुष्पराज श्रेष्ठले दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मान गरेका थिए ।

संस्थाले गत आर्थिक २०७५÷७६ मा उपभोक्ता राहत स्वरुप २० लाख ७९ हजार, सामुदायिक विकास तर्फ २८ लाख १६ हजार, संरक्षण शिक्षा विकास तथा स्वास्थ्यमा १५ लाख ४ हजार, टोल विकासका लागि ७९ लाख १७ हजार रुपैयाँ लगानी गरेको छ साथै डुंगा संचालनबाट १ करोड ३० लाख, हात्ती प्रवेशबाट ७१ लाख २५ हजार, काठ बिक्रीबाट १२ लाख ३४ हजार रुपैया आम्दानी गरेको बनका कार्यालय सचिव कृष्ण आचार्यले जानकारी दिए । वनको सोमवार आयोजित १८ औं वार्षिक साधारण सभामा बनले गरेका क्रियाकलापहरु, आम्दानी, खर्चको विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक शंरक्षण अधिकृत ऋषी रानाभाट, मृगकुञ्ज वनका निवर्तमान अध्यक्ष बाशु ढुंगाना, बागमारा सामुदायीक वनका अध्यक्ष जित बहादुर तमाङ्ग, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया