
महेश पाण्डे
चितवन । जेसीज महाधिवेशनको तयारी तिब्र रुपमा अगाडी बढेको छ । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा पौष ९ गतेदेखी १२ गतेसम्म हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि विसहजार जेसीजबाट अरुणेश्वर खनाल, पथरी जेसीजबाट अशोक शंकर र काभ्रेबाट विकास मानन्धर अध्यक्ष पदको लागि मैदानमा उत्रिएका छन् ।
महाधिवेशनको तयारी निकै तिब्र पारिएको कार्यक्रमको आतिथ्यता गरिरहेको संस्था रत्ननगर जेसीजका अध्यक्ष सुवास पोख्रेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले देशैभरिबाट आउने ३००० भन्दा बढि जेसीजका साथीहरुको कार्यक्रममा उपस्थिती रहने जानकारी दिदै अबको अधिवेसन आफ्नो मात्र नभई सबैको बन्नेमा आफुले बिश्वस्त रहेको बताए ।
शाखा रजिष्ट्रेशन समितिका संयोजक तथा रत्ननगर जेसीजका निर्वतमान अध्यक्ष दिपेन्द्र शर्माले मंसिर २४ गते मंगलवारसम्मका लागि आवाससहितको प्रि रजिष्ट्रेशन रहेकोमा हाल सम्म ५० वटा शाखाले अग्रिम रजिष्ट्रेशन गरेका र अब १ दिन बाँकी रहेकादा करिब १२ सयले अग्रिम रजिष्ट्रेशन गर्ने अनुमान गरिएको जानकारी दिए ।
उनले रजिष्ट्रेशन भएका मध्ये सबै भन्दा धेरै पथरी जेसीजले ५० जना र सुरुङ्गा जेसीजले ३९ जनाको रजिष्ट्रेशन गरि सकेको बताए । शर्माले रत्ननगर जेसीजको आतिथ्यतामा हुने महाधिवेशनका लागि आवास सहित ५ हजार ५ सय र आवासरहित ४ हजार २ सय रजिष्ट्रेशन शुल्क रहेको जानकारी दिए । मंगलवारदेखि उता रजिष्ट्रेशन हुने शाखाहरुले ४ हजार २ सय मात्र बुझाउनु पर्ने तर आवासको सुविधा नहुने र त्यसको ब्यवस्था आफै गर्नुपर्ने शर्माले जानकारी दिए । प्रि रजिष्ट्रेशनका लागि १२ सय मानिसहरुका लागि होटल बुक गरिएको र केही होटल होल्डमा राखिएको समेत उनले बताए ।
आइतवारसम्म रजिष्ट्रेशन भएका शाखाहरुमा दुहवी काभ्रे, काभ्रे लेडी, कोहोलपुर, कञ्चन, गौरादह , बौनियाँ, दाङ लेडी, झुम्का, रामेछाप, तुलसीपुर नगर जेसीज, उदयपुर, धनकुटा लेडी, व्यासनगर, काठमाडौ लेडी, सिद्धार्थ, सल्यान, अछाम र पाटन जेसीज रहेका छन् ।
यसैगरी हेटौडाँ, पाटन लेडी, कपन, मनहरा, मेचीनगर लेडी, भद्रपुर, कमलनगर, बेलबारी, विरता लेडी, लमही, भेरी गंगा, धुलावारी, पनौती जुनियर, मलङ्वा, नेपालगञ्ज, नारायणगढ, नवलपुर, लाहान, गोलबजार, जनकपुर, बनेपा, भक्तपुर, पाल्पा, त्रिभूवननगर, धापसी तिलोत्तमा रहेका छन् । केही शाखाहरुको स्टेटमेन्ट बैंकबाट झिक्न समय नभएकाले रजिष्ट्रेशन भएर पनि नाम छुटेका हनु सक्ने र ती शाखाहरुलाई सम्पुर्ण बिवरण सोमवार निकालिने शर्माले जानकारी दिए ।
महाधिवेसनका महासचिव निरज श्रेष्ठले नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को पुर्वसन्ध्या अर्थात मात्र ३ दिन अगाडी पर्यटकिय नगरी चितवन अझ त्यसमा पनि सौराहा नजिकै होटल स्टार बेन्क्युटमा महाधिवेसन हुने भएकाले कार्यक्रममा सहभागीहरुलाई पूर्वी चितवनको विभिन्न पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्ने व्यवस्था समेत मिलाईएको जानकारी दिए । उनले यो महाधिवेसनले भ्रमण वर्षमा चितवनको आन्तरिक पर्यटन बृद्धि हुने बिश्वास समेत लिएको बताए । उनले करिब १ करोड ५० लाख खर्च कार्यक्रम सफल बनाउन लाग्ने र त्यसको लागि स्थानिय स्तरमा सबै ब्यवसायी, सरकारी कार्यालय लगाएतका सरोकार वालाहरुबाट सहयोग आइरहेको र अझ सहयोग आवश्यक रहेको जिकिर पनि गरे ।