काठमाडौँ । सागको पुरुष फुटबलमा स्वर्ण पदक थप्दै नेपालले इतिहास रचेको छ भने भुटान पराजित भएको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको उपाधी नेपालले हात पारेको हो । निर्धारित ९० मिनेटको खेलमा नपालले भुटनालाई २–१ ले पराजित गरेकाे हो । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो तर नेपालले दोश्रो हापको ५४ औ मिनेटमा पुन १ गोल गरेपछि जित नेपालको पोल्टामा गएको हो । शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । खेलमा नेपालले गोल गर्ने आकर्षक अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । तर दोस्रो हापमा नेपालले थप १ गोल थपे पछि खेल आफ्नो पकडमा राखेको थियो ।

तपाईको प्रतिक्रिया