पूर्वी चितवनको लागि यामाहाको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसको आयोजनमा महामेला हुने भएको छ ।
यहि मंङसिर २६ गतेदेखि २९ गतेसम्म रत्ननगर १ मा हुने सो मेलामा जुनसुकै ब्रान्डको मोटरसाइकल तथा स्कुटर एक्चेन्ज गरि ग्राहकले नयाँ मोटरसाइकल तथा स्कुटर लैजान सक्ने सुविधा रहेको छ । मेलाको आकर्षणमा,एक्चेन्जमा प्रन्धहजार थप मुल्याकंन, नगद वा फाइनान्समा सात हजार छुट, मात्र दुई सय पाँच डाउनपेमेन्ट वा दैनिक दुई सय पाँचमा फाइनान्स, हरेक दिन केयर पोलिक्लिनिकबाट निःशुल्क स्वास्थ्य परिक्षण रहेको छ ।
हरेक मोटरसाइकल तथा स्कुटरको बिक्रिबाट दुईसय रुपैया अनाथ बालबालिकाको शैक्षिक सहयोगार्थ कालिका यामाहा कोषमा जम्मा गरिने बताईएको छ । चार दिनसम्म चल्ने सो मेलाबाट गाह्रकवर्गले अधिकतम लाभ,सुबिधा र सन्तुष्टी प्राप्त गर्नुका साथै यामाहा र कालिका मोटरसाइकल पार्टस प्रतिको विश्वास अझै बढेर जाने कालिका मोर्टस् पार्टस्का संचालकले विश्वास लिएका छन् ।