
चितवन । ओकायामा नेपाली समाजद्धारा रााप्ति ग्लाउथोकका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी बितरण गरिएको छ । बुधवार चितवनको विकट क्षेत्र राप्ती नगरपालिका १२ स्थित ग्लाउथोक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको हो ।
खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेलको समन्वयमा ओकायामा नेपाली समाजले करिव ८२ हजार बरावरको सामाग्री वितरण गरेको हो । समाजसेवी गजुरेलले रााप्ति ग्लाउथोकका विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई एक थान स्वीटर, एक थान झोला ,कापी ,कलम वितरण गरिएको नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
उनले चितवनका पहाडी क्षेत्रमा अझैपनि धेरै समस्या रहेको बताउदै आफुहरु सधै त्यस्ता ठाउहरुको आवश्कता केहो भनेर बुझि रहने र सोहि अनुसार सहयोगको लागि अगाडी बढ्ने बताए ।
ओकायामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले विकट ठाउँमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको कुरा ब्यक्त गरे । उनले मानिस भएर जन्मेपछि कामसंगै सहयोगको भावनापनि हुनुपर्ने बताउदै त्यसैको फलस्वरुप सो सहयोग कार्यक्रम गरिएको बताए । उनले आगामी दिनमा पनि यी र यस्ता ठाउँहरुमा सहयोगका कामहरु जारीरहने कुरा ब्यक्त गरे ।
न्यानो कपडा र स्टेशनरी वितरणका लागि ओकायामा नेपाली समाज २०१६ का अध्यक्ष प्रेम आचार्य, राप्ती नगरपालिका १२ का वडा सदस्य अशोक तामाङ, समाजसेवी मुरली प्रसाद गजुरेल, शिक्षाप्रेमी घनश्याम प्रधान, महिला समजसेवी अनिता खरेल, समाजसेवी तथा सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डे र पत्रकार लगायतको टोली विकट ठाउँ ग्लाउथोक विद्यालय पुगेको थियो ।
ग्लाउथोक विद्यालय भण्डारा वजारबाट करिव १ घण्टा गाडी र १ घण्टा पैदल हिडेर पुग्न सकिन्छ । न्यानो कपडा र स्टेशनरी प्राप्त गर्दा खुसी देखिएका चेपाङ विद्यार्थी तथा उनीहरुका अभिभावकहरु सधै यस्तै सहयोग आइरहनेमा आसावादी देखिन्थे ।
सहयोग वितरण कार्यक्रममा ग्लाउथोक आधारभूत विद्यालयका प्रधानाध्यापक केशव प्रजाले विद्यालयको अवस्थाका बारे जानकारी गराएका थिए भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप वहादुर प्रर्जाको अध्यक्षतामा सम्पन्न भएको थियो ।