
महेश पाण्डे
चितवन । भवन निर्माण ब्यवसायीलाई सरकार (केन्द्र, प्रदेश र स्थानिय तह) कसैले पनि केहि सहयोग नगरेको गुनासो ब्यक्त गरेका छन् । बुधवार खैरहनीमा भवन निर्माण ब्यवसायी संघ पूर्वी चितवनको १८ औं वार्षिक साधारण सभा चलिहदा कार्यक्रममा उपस्थित निर्माण ब्यवसायीहरुले सो गुनासो ब्यक्त गरेका हुन ।
सो कार्यक्रमका कार्यक्रम संयोजक बावुराम श्रेष्ठले कार्यक्रममा उपस्थित निर्माण ब्यवायीसंग दुखेसो पोख्दै भने “अहिले सम्म न त केन्द्रबाट, न प्रदेशबाट र न त स्थानिय तहबाटनै कुनै किसीमको सहयोग मिलेको छ्, त्यसैले यस बिषयमा सरकार गम्भिर हुन आवश्यक छ ।” उनले सरकारका तीन तहकोनै आफुहरुलाई हेर्ने दृष्टीकोण गतिलो नभएको कारणले गर्दा समस्या भएको बताउदै निर्माण ब्यवसायी बिना देश बिकास सम्भव नहुने भएकाले यस विषयमा सरोकारवालाहरु गम्भिर हुनुपर्ने कुरा ब्यक्त गरे ।
बिहान करिब ९ः३० बजे कार्यक्रम सुरुगर्ने भनि अतिथिहरु बोलाईएकोमा कार्यक्रम दिउसो करिब १२ बजे पछि मात्रसुरु भएको थियो । जसले गर्दा केहि अतिथि फर्कीसेकका थिए भने केहि भने बसेका थिए । जसको कारण कार्यक्रमका प्रमुख अतिथिको ढिलो आगमननै थियो । करिब ३ घण्टा भन्दा बढि ढिलो गरि आएका कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले कार्यक्रममा गएको १५ मिनेटमानै आफ्ना कुराहरु राखेर बाहिर निस्किए थिए । त्यसबाट पनि कार्यक्रममा सहभागि खुसी देखिएका थिएनन । उनिहरु यति समय कुरेपछि पनि मुख्यमन्त्री अझ केहि समय बसेको भए हुन्थ्यो भन्ने आसयका साथमा एक अर्कासंग कानेखुसी गरिरहेका देखिन्थे ।
निकै छोटो समय रहेका मुख्यमन्त्री पौडेलले कार्यक्रममा बोल्दै निर्माण ब्यवसायीलाई हेर्ने दृष्टीकोण फरक हुन नसकेको बताए । उनले समयमै काम परा नगर्ने परिपाटीले गर्दा निर्माण ब्यवसायी प्रति सबैको हेर्ने दृष्टीकोण सकारात्मक हुन नसकेको बताउदै मयमै काम नसक्ने बानी त्याग्नु पर्ने बताए । मुख्यमन्त्री पौडेलले भवन निर्माणको काम निकै चुनौतिको काम भएकाले सुरक्षापनि त्यतिनै आवश्यकता रहेको बताउदै अब हरेक नेपाली उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने कुरा ब्यक्त गरे ।
कार्यक्रमका सभापति तथा भवन निर्माण ब्यवसायी संघ पूर्वी चितवका अध्यक्ष प्रल्हाद ठाकुरले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै भवन निर्माण ब्यवसायीहरु एकभई कार्य नगरेमा भवितब्य जुनकुनै घटनामा पनि असहज परिस्थिती सृजना हुने भएकाले सबै मिलेरनै अगाडी बढ्नुको बिकल्प नभएको बताए । उनले सबै निर्माण ब्यवसायीले गुणस्तरिय कामलाई आफ्नो एकमात्र सोच बनाई भवन निर्माण जस्तो महत्वपुर्ण काय गर्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा बोल्दै चितवन उद्योग संघकी उपाध्यक्ष प्रतिभा श्रेष्ठले कुनैपनि कार्यक्रम गर्ने तर तय गरिएको समयमा नगर्ने प्रबृत्तिको अन्त्यहुन आवश्यक रहेको बताईन । उनले बिहान ९ः३० मा कार्यक्रमको आयोजना गर्ने तर कार्यक्रम सुरु भने १२ बजे पछि हुने जस्ता समस्याले कुनैपनि कार्यक्रममा गुणस्तरियता नआउने बताउदै यस बिषयमा आयोजकले आगामि दिनमा सोच्नुपर्ने बताईन ।
संस्थाका सचिव बालकृष्ण उप्रेतीले हाल भवन निर्माण ब्यवसायी संघ पूर्वी चितवमा टिकौली देखि लोथर सम्म र राप्ती ड्याम देखि शक्तिखोरसम्मका करिब ३०० भवन निर्माण ब्यवसायीहरु र करिब १० हजार श्रमीक आवद्ध भएको नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले निर्माणको काम निकै जोखीमपुर्ण हुने भएकाले सोे क्रममा दुर्घटना हुदा वा मृत्युहुदा सरकारबाट कुनैपनि राहत नभएको बरु संस्था आफैले भलाई कोष निर्माण गरि १ लाख देखि ३ लाख सम्मको राहत उपलब्ध गराउदै आएको बताए ।
कार्यक्रममा संघका लेखा समिति संयोजक कपिल घिमीरेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा प्रतिवेदन पश्चात नेपालीको आवाज डटकमसंगको भेटमा उनले भवन निर्माण ब्यवसायी बिना देशको बिकास संभवनै नभएकोले यस ब्यवसायमा लागेका ब्यवसायी वा श्रमीकहरुको शुरक्षाका लागि सरकारले केहि न केहि ठोस योजना ल्याउनुपर्ने बताए । उनले ब्यवसायीहरु दिनरात नभनि काममा लागीरहेको जानकारी दिदै कामसंगै सबैले सुरक्षामा पनि बिशेष ध्यान दिनुपर्ने बताए ।
संघले वार्षिक साधाराण सभाको अवसर पारेर कामको शिलसिलामा मृत्यु भएका स्वः सुदर्शन राउतको परिवारलाई ३ लाख रुपैया हस्तान्तरण गरेको थियो । सोहि कार्यक्रममा संघका सदस्य कमल ढुंगानाका बुवा चन्द्र दत्त ढुंगानालाई बृद्ध सम्मान, एसइईमा उत्कृष्ट अंक ल्याउने संघका सदस्य प्रेम दोर्जे मुक्तानका छोरा प्रेम साङ्ग मोक्तान, अर्का संघकानै सदस्य ईन्द्र गुरुङ्गको छोरि चन्दा गुरुङ्ग र प्लस टुमा उत्कृष्ट अंक ल्याउने मंगल चौधरीकी छोरी स्मृती चौधरीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा रत्ननगर खानेपानी तथा उपभोत्ता संस्थाका अध्यक्ष भिष्मराज पौडेल, कार्यक्रमको प्रायोजन रहेको सिद्धार्थ सिमेन्टका म्यानेजर सुमन पौडेल लगाएतको उपस्थिती रहेको थियो ।