महेश पाण्डे
चितवन । पूर्वी चितवनको पिठुवामा योङ्ग स्पोर्टस क्लबको बहुउद्देश्यी भवनको शिलान्यास गरिएको छ । बिहीबार रत्ननगर–१६, पिठुवा, मिलिजुली टोलमा ७ धुर क्षेत्रफलमा रहेको जग्गामा निर्माण हुन लागेको बहुउद्देश्यी भवनको प्रदेश नं. ३ का सांसद कृष्ण खनालले उद्धघान गरे ।

सांसद खनालले अबको बेला आफ्नो गाउँ आफै बनाउ अभियानमा लाग्ने बेला आएको बताउदै अब कुनैपनि कुरा पुरानो ढंगबाट नचल्ने जिकिर गरे । उनले
अब हरेक संस्थाका कामहरु आय आर्जनसंग जोडिनुपर्ने नत्र उक्त संस्थाको भविष्य अन्धकार रहेको बताउदै अहिले हरेक टोलटोलमा मन्दिर र क्लब बन्ने अवस्था देखिएकाले जुनकुनै संस्थाले बनाउने भवन आयआर्जन मुखि पनि हुनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित रहेका पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटले अहिले मानिसको सोचाईमा क्लब भनेको केटाहरु जम्मा हुने र फुटबल खेल्ने ठाउँ हो भन्ने भावना रहेकाले यसलाई बदल्न आवश्यक रहेको बताए । उनले भवन निर्माणको लागि बजेट ल्याउन आफु लाजै नमानि लागि पर्ने बताउदै काम गर्नेहरु भने थाक्न नहुने जिकिर गरे ।

बि.सं. २०५४ सालमा स्थापना भएको सो संस्थामा हाल १०० जना सदस्य रहेको योङ्ग स्पोर्टस क्लबका सचिव कर्ण सारु मगरले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले करिब ५१ लाखको लागत स्टिमेटमा सो भवनको निर्माण हुने जानकारी दिए । हाल भवन निर्माणको लागि रत्ननगर–१६ नं. वडाबाट १ लाख रुपैया नगद प्रदान गरिएको वडा अध्यक्ष हेमराज थापाले बताए । उनले युवाहरु मिलि राम्रो काम गर्दा वडाको सधै साथ र सहयोग हुने कुरामा दुइमत नभएको जिकिर गरे । कार्यक्रममा क्लबकी सदस्य गिता ढुङ्गानाले स्वागत मन्तव्य ब्यक्त गरेकी थिइन भने कार्यक्रम क्लबका अध्यक्ष ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया