चितवन- नेपाल स्काउट चितवनका सल्लाहकार अध्यक्ष एवम् भर्खरै सरुवा भई आएका चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई बिहीबार उनकै कार्यकक्षमा स्वागत गरिएको छ ।

नेपाल स्काउट चितवनका जिल्ला आयुक्त एवम् नेपाल स्काउट गाइड फेलोसिप नेपालका कायम मुकाम सभापति तीर्थराज न्यौपाने, सदस्य सचिव रामप्रसाद पोखरेल, परिषद् सदस्य अञ्जु रेग्मीलगायतको टोलीले फूलमाला र पुष्पागुच्छाले स्वागत गरेका हुन् ।

सो अवसरमा जिल्ला आयुक्त न्यौपानेले चितवनमा भएका स्काउटका गतिविधिबारे प्रकाश पार्दै प्रजिअ भट्टराईको कार्यकालमा पनि निरन्तर सुझाव र सहयोगको अपेक्षा गरे ।

प्रजिअ भट्टराईले बालबालिका तथा युवालाई आत्मनिर्भर, नैतिकवान् एवम् अनुशासित बनाई समाज र राष्ट्रको समुन्नत विकासमा योगदान दिन सक्ने सबल नागरिक तयार पार्न चितवन स्काउटले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले स्काउटको उद्देश्य पूरा गर्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन दिए ।

तपाईको प्रतिक्रिया