महेश पाण्डे
चितवन । पूर्वी चितवनको धरोहर भनेर चिनिने शहीद स्मृति बहुमुखी क्याम्पसको पदमपुर शाखा नाम मात्रको भएको छ । रत्ननगर–३ मा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसले पदमपुरमा रहेका बिद्यार्थीहरुलाई सहज होस भनेर बि.स.२०६२ सालमा पदमपुरमा शाखा खोलेको भएतापनि त्यो भने नाम मात्रको देखिएको छ । स्थापना कालिन अवस्थामा क्याम्पसले कक्षा ११, १२ र ब्याचलरको कक्षाहरु सञ्चालन गरेको भएतापनि हालमा दिनमा भने काम चलाउ तरिकाले जम्मा १३ जना बिद्यार्थी राखेर ब्याचलरका कक्षा सञ्चालन गर्दै आइरहेको छ ।
सुरुवाती दिनमा कक्षा ११ र १२ को पनि पढाई भएको भएतापनि नजिकै रहेको समुदायीक बिद्यालय भिमोदय मा.वि.मा ब्यवस्थापन र शिक्षा संकायमा पठनपाठन सुरुभएपछि बि.सं. २०६६ सालबाट भने प्लस टु तहको पढाई बन्द भएको स्थापनाकाल देखि हालसम्म उक्त क्याम्पसको पदमपुर शाखामा कार्यालय सहयोगी भएर काम गरेका रामकृष्ण दाहालले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
उनले सुरुवाती दिनमा अंग्रेजी बिषयको पनि पढाई हुने गरेकोमा हालका दिनमा भने मेजर नेपाली र मेजर हेल्थ बिषय मात्र पढाई हुनेगरेको बताए । उनले २ वर्ष अघि सम्म क्याम्पसको कार्यक्रम संयोजकमा पोष्टराज अर्याल रहेकामा अहिले भने कोही पनि संयोजक पदमा नभएको बताए । दाहालले हालका दिनमा सो क्याम्पसमा ५ जना प्राध्यापकहरु क्रमशः पोष्टराज अर्याल, माधव पोख्रेल, असोक आचार्य, बलराम घिमीरे र तेज बहादुर बिकले अध्यापन गराउने गरेको जानकारी दिए । उनले मुख्य क्याम्पसबाटनै तलब ब्यवस्थापन हुने गरेकोमा क्याम्पसमा ९ महिना देखि देखीएको प्रशासनीक समस्याले गर्दा गाह्रो भएको पनि बताए ।
हाल सो क्याम्पसको ५ बिगाह क्षेत्रफल जग्गामा केहि भागमात्र क्याम्पसले प्रयोग गरेको छ भने अधिकांस ५४ कठ्ठा जमिन ब्यापारीक प्रयोजनका लागि अन्यलाई भाडामा लगाइएको देखिएको छ । जसमा केरा खेती गरिएको छ । जसबाट क्याम्पसले २ लाख ९ हजार ९ सय ५२ रुपैया आम्दानी गर्दै आएको देखिन्छ । त्यस्तै क्याम्पसले मुख्य सडकमा बनाएको ७ वटा सटरबाट मासीक २१ हजार आम्दानी गर्ने गरेको देखिन्छ ।
अझ रोचक कुरा त के छ भने क्याम्पसले बिद्यार्थी अभाव भएसंगै खालि रहेको कक्षाकोठालाई मासिक ५ हजार आउने गरि बिएम हस्तकला तालिम केन्द्रलाई भाडामा दिएको छ । यसबाट पनि क्याम्पसले पढाइमा भन्दा पनि बढि आम्दानीमा प्रगति गरेको प्रष्ट देख्न सकिन्छ । त्यस बाहेक पनि सो कक्षाकोठाहरु सिटीईभिटीले पनि बेला बेलामा तिन देखी छ महिनाको तालिमहरु सञ्चालन गर्न प्रयोग गर्ने गरेको पाइएको छ ।
क्याम्पसमा कक्षाकोठा भाडामा लिएर तालिम दिदै आएकी बिएम हस्तकला तालिम केन्द्रकि सञ्चालिक बुद्धिमाया घलेले क्याम्पसमा त्यति पठन पाठन नहुने भएपछि खालि रहेको कक्षाकोठालाई भाडा तिरेर प्रयोग गरिएको बताईन । उनले त्यसबाट करिब २७७ जनाले प्रत्यक्ष रोजगारी पनि पाएको बताइन । तर उनले केहि प्रतिष्ठित ब्यक्तिहरुले गलत ढंगबाट यो कार्यको ब्याख्या गरेर बिरोध गरेको दुखेसो पनि पोखिन । उनले आफुले गर्ने तालिममा अतिथि भएर आउने पछि गएर त्यसको बिरोध गर्नुको कुनै तुक नभएको जिकिर गरिन ।
क्याम्पसका नब गठित ब्यवस्थापन समितिका अध्यक्ष रामबावु घिमीरेले पदमपुर शाखाका बारेमा आफुले पनि सामाजिक सञ्चाल मार्फत थाहा पाएपछि पुगेर हेरेको बताउदै अब आगामी वर्ष देखि भने प्रावीधिक शिक्षालाई बिशेष जोड दिने सोच बनाएको बताए । उनले पदमपुरको सुरुवाती अवस्थामा ५ बिगाहा जग्गा प्राप्त भएको र सो ताका आफुनै क्याम्पस प्रमुख भएको बेला रहेको स्मरण गर्दै समय अनुसार ब्यवस्थापन सतितिहरु परिवर्तन भइरहेको भएतापनि पदमपुरमा कसैको ध्यान नपुग्दा यस्तो समस्या आएको बताए ।
घिमीरेले अबको नया शैक्षिक सत्रबाट कालिका नगरपालिकासंग पनि सहकार्य गरेर अगाडी बढ्ने सोच बनाएको बताउदै हालका दिनमा सो शाखाका कक्षाहरुमा खासै बिद्यार्थी नभएको भएतापनि पहिलो वर्ष र दोश्रो वर्षको पढाई चलिरहेको र अब भने प्राविधिक शिक्षा पढाउदानै उपयुक्त हुने देखिएकोले त्यसरीनै अगाडि बढ्ने र क्याम्पसको जग्गा जमिनबाट आम्दानी गर्ने कुनैपनि सोच नभएको प्रष्ट पारे । उनले आफु भर्खरै मात्र ब्यवस्थापन समितिको अध्यक्षमा आएको कारणले त्यहाको शिक्षाको बारेमा त्यहिका सरोकारवालाहरुसंग सल्लाह गरेर पदमपुर शाखालाई गम्भिर रुपमानै लिएर चांडैनै केहि नया योजनाहरु सार्वजनिक गर्ने जानकारी दिए ।
क्याम्पसका नब गठित ब्यवस्थापन समितिका अध्यक्ष रामबावु घिमीरेसंग फोनबाट गरिएको अडियो कुराकानीः
हेरौ क्याम्पसका केहि दृष्यहरुः