पूर्वी चितवनको टाँडीमा बिहीबार राति सवारी दुर्घटना भएको छ । बिहीबार राति १०ः४५ बजे रत्ननगर–२, टाँडीस्थित महेन्द्र राजमार्गमा बाराबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ४७५५ नं को बस आफैँ अनियन्त्रित भई पल्टिँदा उक्त बसमा सवार ४२ जनामध्ये करिब १७ जना घाइते भई विभिन्न अस्पताल लगिएको इलाका प्रहरी कार्यलय टाँडीले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा बारा जिल्ला कलैया २ बस्ने वर्ष ३५ को गौरीशंकर यादव, बारा जिल्ला कलैया २ कै वर्ष २४ को रामबाबु यादव, बारा जिल्ला गडीमाईं नपा १ बस्ने वर्ष ४४ का मनोज शाह, भारत मोतिहारी बस्ने वर्ष १८ का खुसीलाल यादव, बारा जिल्ला कलैया २ बस्ने वर्ष ३५ का गौरीशंकर यादव, बारा जिल्ला कलैया २१ बस्ने वर्ष २४ का रामबाबु यादव, बारा जिल्ला गडीमाई नपा १ बस्ने वर्ष ४४ का मनोज शाह र भारत मोतिहारी बस्ने वर्ष १८ का खुसीलाल यादव रहेका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बाँकी घाइतेहरुको टाँडीस्थित बकुलहर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । टाँडीमै उपचार गराउनेहरुमा बारा जिल्ला गढीमाईं नपा ८ बस्ने वर्ष ३६ की चम्पादेवी, बारा जिल्ला महागढीमाई नपा ८ बस्ने बर्ष २० की मेनुकादेवी, बारा जिल्ला महागढीमाई नपा ८ बस्ने बर्ष १२ की रिहाना खातुन, बारा जिल्ला महागढीमाई नपा ८ बस्न बर्ष ८ की काजल खातुन, सोही ठाउँ बस्ने क्रमशः बर्ष १३ का देवेन्द्र कुमार यादव रहेका छन् ।

यस्तै, वर्ष २५ का सचिम अन्सारी, बर्ष २४ को नौसाद आलम, वर्ष २१ का नौरुद अन्सारी, वर्ष १७ का प्रदीपकुमार पटेल, वर्ष १४ का सुकट अन्सारी, वर्ष १७ का रुपेशकुमार, बस्ने वर्ष १८ का सुवास यादव, वर्ष ४५ का सुनालाल, वर्ष २७ का सनिकुमार, बारा जिल्ला महागढीमाई नपा ३ बस्ने वर्ष ४३ का वीरेन्द्र साह, बारा जिल्ला महागढीमाईं नपा ९ बस्ने वर्ष १८ का मञ्जितकुमार पटेल, मकवानपुर जिल्ला मनहरी ७ बस्ने वर्ष ३९ का सिहराज तामाङ, रौतहट जिल्ला चपुर बस्ने वर्ष २६ का क्षितीज तामाङ (सहचालक) रहेका छन् ।

सो बसका चालक हालसम्म सम्पर्कमा नआएको र उनको खोजतलास कार्य भने जारी रहेको प्रहरीले जनाएको छ । बाँकी २० जना यात्रु गन्तव्यतर्फ गइसकेको र क्रेनको सहायताले गाडी सुरक्षित स्थानमा राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया