चितवन । पूर्वी चितवनमा फेरि अर्को बस पल्टिएको छ । जसमा १३ जना घाइते भएका छन् । आज (शुक्रबार) बिहान करिब ११ः४५ को समयमा राप्ती न.पा. ६ हर्दीमा बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि बसमा सवार करिब २३ जना मध्य १३ जना घाइते भएका हुन ।
बिरगंजबाट नारायणगढ तर्फ आइरहेको बा ३ ख ८४९० नं. को बस आँफै अनियन्त्रित भई पल्टिदा उक्त बसमा सवार २३ जना मध्य १३ जना घाइते भएकोमा दुइवटा एम्बुलेन्समा राखि नया र पुरानो मेडिकल कलेजमा पठाइएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक शुसिल पाण्डेले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
उनले ओभर स्पिडको कारणले गर्दा बस आफै पल्टिएको बताउदै घटना लगत्तै फरार रहेका बसका चालक प्रेम प्रसाद चौधरीलाइ पक्राउ गरिसकेको बताए ।
यस अघि पूर्वी चितवनको टांडीमानै बिहीबार राती सवारी दुर्घटना भएको छ । बिहीबार राती १०ः४५ बजे रत्ननगर–२, टाँडी स्थित महेन्द्र राजमार्गमा बाराबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ४७५५ नं. को बस आँफै अनियन्त्रित भई पल्टिदा उक्त बसमा सवार ४२ जना मध्ये करिब १७ जना घाईते भई बिभिन्न अस्पताल लगिएको ईलाका प्रहरी कार्यलय टांडीले जानकारी दिएको छ ।