चितवन । चितवनमा १५ घण्टाको अवधिमा ३ वटा दुर्घटना भएका छन् । पछिल्लो दुर्घटना भने आज (शुक्रबार) बिहान ईच्छाकामना गा.पा. ४ कुरीनटारमा भएको हो । फिस्लिङबाट मुग्लिङ तर्फ आउदै गरेको ना १ ज ८३२८ नम्बरको म्याजिक र विपरीत दिशाबाट जादै गरेको बा २१ च ३०३९ नं. को स्कारपियो र सो दिशाबाट आउदै गरेको बा६च ८३४५ नं.को स्कारपियो र ना १ ज ८००५ नं को म्याजिक एक आपसमा ठक्कर खाँदा करिब ७ जना सामान्य घाईते भई उपचारको लागि पुरानो मेडिकल कलज भरतपुर तर्फ पठाईएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ ।

चारवटै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । घाइते हुनेहरुमा ना १ ज ८३२८ नं. का म्याजिक चालक भरतपुर म.न.पा.२ वस्ने वर्ष ३८ वर्षका सोमन तामाङ, सोही म्याजिकमा सवार भरतपुर १० वस्ने वर्ष २८ की कोपिला काप्री, सोही म्याजिकमा सवार भरतपुर वस्ने ३५ वर्षकी गिता अर्याल, ईच्छाकामना गा.पा. ५ वस्ने वर्ष ३० की एलिना गुरुङ, खैरहनी न.पा.४ वस्ने वर्ष २२ की देवी परीयार र खैरहनी न.पा.४ वस्ने वर्ष २५ का सुजन परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
यसगरि आज बिहाननै पूर्वी चितवनको राप्ती न.पा. ६ हर्दीमा बस पल्टिदा बसमा सवार २३ जना मध्य १३ जना घाइते भएका छन् । बिहान करिब ११ः४५ को समयमा हर्दीमा बस दुर्घटनामा परेको हो । बिरगंजबाट नारायणगढ तर्फ आइरहेको बा ३ ख ८४९० नं. को बस आँफै अनियन्त्रित भई पल्टिदा उक्त बसमा सवार २३ जना मध्य १३ जना घाइते भएकोमा दुइवटा एम्बुलेन्समा राखि नया र पुरानो मेडिकल कलेजमा पठाइएको बताइएको छ ।
त्यस्तै गएराती १०ः४५ बजे पूर्वी तिवनको रत्ननगर–२, टाँडी स्थित महेन्द्र राजमार्गमा बाराबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ४७५५ नं. को बस आँफै अनियन्त्रित भई पल्टिदा उक्त बसमा सवार ४२ जना मध्ये करिब १७ जना घाईते भई बिभिन्न अस्पताल लगिएको ईलाका प्रहरी कार्यलय टांडीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया