चितवन । रत्ननगर नगरपालिकाले भ्रमण बर्ष २०२० लाई व्यवस्थित गर्न कार्यदल बनाएको छ । नगरपालिकाका मेयर नारायण वनले सौराहाका पर्यटन व्यवसायी,उद्योग व्यवसायी तथा सामाजिक संघसंस्थासंग छफलफल गरी भ्रमण बर्षको तयारी र पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यदल बनाएका हुन । वडाध्यक्ष राजन भट्ट संयोजक रहेको कार्यदलले पर्यटकीय नगरी सौराहालाई केन्द्र बनाएर विभिन्न कामहरु गर्ने छ । मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहा र यस आसपासमा रहेका पर्यटकीय क्षेत्रहरुमा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यदल बनाइएको मेयर नारायण वनले बताए ।

कार्यदलमा वडाध्यक्षहरु कृष्ण महतो,वलराम दाहाल,विनोद बस्नेत,क्षेत्रीय होटल संघ,रेवान सौराहा,रत्ननगर उद्योग बाणिज्य संघ,युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था,साना पर्यटन व्यवसायी समुह,बाघमारा,चित्रसेन,जनकौली मध्यवर्ती सामुदायिक वन,चितवन उद्योग संघ इकाइ समिति रत्ननगर,रेवान महिला समुह कार्यदलको सदस्य तथा सामाजिक विकास शाखा प्रमुख विश्वास श्रेष्ठ सदस्य सचिव रहेका छन । कार्यदलले भ्रमण बर्षको उद्घाटन कार्यक्रम देखि चरण बद्ध रुपमा सञ्चालन गरिने कार्यक्रमको योजना बनाउने,कार्यान्वयन गर्ने,धार्मिक पर्यटकीय स्थलहरुलाई सौराहाको पर्यटनसंग जोडने काम गर्ने छ ।

भ्रमण बर्षमा सुरु गर्न लागिएको रात्रीकालिन जीप सफारी सञ्चालन र निकुञ्ज प्रवेश टिकटको समयाबधि बढाउन सरकारी पहल,सामुदायिक वनका पर्यटकीय रुड,विभिन्न साँस्कृति कार्यक्रम गर्ने छ । मेयर वनले भ्रमण बर्षमा होटल तथा रेष्टुरेष्टमा पर्यटकलाई छुट,साइकिलिङ,विभिन्न जातजनतीको भेषभूष प्रर्दशन लगायतका गतिविधि सञ्चालन हुने बताए । भेलामा चितवन हात्ती महोत्सवको समयाबधि बढाउदा सञ्चालन गर्ने कार्यक्रमका विषयमा पनि छलफल गरिएको छ ।

महोत्सवमा हात्तीका खेलहरुलाई हात्तीमैत्री बनाउने,विभिन्न जातजातीको संस्कृति प्रतियोगिता गर्ने र स्वस्थ्य हात्ती पाल्ने पाउतेलाई नगर पुरस्कार सहित सम्मन गर्ने कार्यक्रम थग गर्न सुझाब दिइएको छ । भेलामा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल,रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ,क्षेत्रीय होटल संघका बरिष्ठ उपाध्यक्ष राममणि खनाल,युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी,रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा,चितवन उद्योग संघ रत्ननगरका अध्यक्ष गजेन्द्र अधिकारी,रत्ननगरका आर्थिक विकास समितिका अध्यक्ष गुप्तनाथ भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया