
चितवन । श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति चितवनले आज दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
गढिमाईमा मारिएका सम्पूर्ण प्राणीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रमको आयोजना गरेको श्री कृष्ण प्रणामी युवा परिषदका जिल्ला अध्यक्ष वसन्त अधिकारी जानकारी दिए ।
दिप प्रज्वलन कार्यक्रम सहभागिहरुले पशुवली रोक्न माग समेत गरेका छन् । कार्यक्रममा श्री कृष्ण प्रणामी संघ चितवनका अध्यक्ष तिर्थ सुवेदी,श्री कृष्णप्रणामी वाईजुराज महिला समितिका केन्द्रिय सदस्य अनिता प्रसाई, श्री कृष्ण मन्दिर कृष्णधाम टिकौलीकी अध्यक्ष मायादेवी खतिवडा लगायतले आफ्ना बिचारहरु प्रस्तुत गरेका थिए ।