नवलपरासी- पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार विहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ । बस दुर्घटनामा परी १७ जना नेपाली सेनाका जवान घाइते भएकोमा २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भएको छ । गम्भीर घाइते प्रेमबहादुर खत्री र विरेन्द्र शाहीको थप उपचारका लागि चितवन पठाइएको छ ।

नेपाली सेनामा भर्ना छनौटबाट छनौट भएर तालिमका लागि टोलीलाई काठमाडौँ लैजाँदै गर्दा बस दुर्घटनामा परेको हो । ३ वटा बससँगै रहेकोमा एउटा बस दुर्घटनामा परेको हो । बसमा ४० जना सवार रहेका थिए ।

तपाईको प्रतिक्रिया