खैरहनी, चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित ज्यामिरेमा दुई अटो एकआपसमा ठोक्किँदा दुई चालक घाइते भएका छन् ।


राप्ती नगरपालिका ३ का उमेश घलानले चलाएर पश्चिमतर्फ आउँदै गरेको ना १ ह ६३५५ नम्बरको अटो र खैहरनी नगरपालिका १ का मिलन थापामगरले चलाएर पूर्वतर्फ लैजाँदै गरेको ना २ ह २६१ नम्बरको अटो ठोक्किँदा उनीहरु दुवै जना घाइते भएका हुन् ।


घाइतेहरुको अवस्था मध्यम रहेको र दुवै चालकहरुको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले ‘नेपालीको आवाज’लाई दिएको जानकारीअनुसार महेन्द्र राजमार्गको पूर्वतर्फबाट अनियन्त्रित गतिमा आएको ना १ ह ६३५५ नम्बरको अटोले अर्को अटोलाई ठक्कर दिएको हो ।

तपाईको प्रतिक्रिया