महेश पाण्डे 
चितवन । ब्रोइलरसंगै कोइलर (गिरिराज) सति जान नसक्ने भन्दै कोइलर ह्याचरी सञ्चालकले बिरोध जनाएका छन् । गत मंसिर २७ गते नेपाल ह्याचरी उद्योग संघले देशभरिका १५० जना ह्याचरी सञ्चालकको भेलामा मंसिर २९ गते देखि १० दिन ब्रोइलर चल्ला नष्ट गर्ने निर्णय संगै कोइलर (गिरिराज) चल्ला पनि नष्ट गर्ने निर्णय गरेको भएतापनि उक्त निर्णय गलत भएको कोइलर ह्याचरी उत्पादक बुढा निलकण्ठ ह्याचरीका सञ्चालक देबेन्द्र श्रेष्ठले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले उक्त भेलामा कोइलर ह्याचरी सञ्चालक २–३ जना मात्र रहेकोमा उनिहरुले चल्ला नष्ट गेर्ने बिरोध गरेको भएपनि संघले पेलेरनै निर्णय गरेको बताउदै कुनै हालतमा कोइलर चल्ला नष्ट गर्न नसकिने बताए । श्रेष्ठले चितवनमा हाल कोइलर चल्ला उत्पादन गर्ने करिब ९ वटा ह्याचरी रहेको र कोइलरको मार्केट राम्रो हुदाहुदै पनि चल्ला नष्ट गर्ने कुरा नै नआउने बताउदै कोइलर चल्लाको मुल्य सदाबहार ४० देखि ४५ रुपैया सम्म रहने गरेको र बढेको समयमा पनि ६० रुपैया भन्दा माथी नहुने स्थिती रहेको बताए । उनले ब्रोइलरमा भने त्यसो नहुने बताउदै खासमा ब्रोइलर चल्लाको दर कहिले १०० पनि पुग्ने गरेको र अहिले ५ रुपैयामा पनि चल्ला नबिक्ने स्थिती र स्वतः फाल्नुपेर्ने अवस्था आएपछि संघले चल्ला नष्ट गर्ने भन्ने निर्णय गरेको बताए ।

श्रेष्ठले ब्रोइलर र कोइलर (गिरिराज) मा निकै भिन्नता रहेको बताउदै ब्रोइलर पाल्नेहरुले दशौ हजार पनि पाल्ने गरेको भएतापनि कोइलर पाल्नेहरुले भने एक सय देखि दुइ सय सम्म मात्र कोइलर चल्ला पाल्ने गरेको बताए । कोइलर चल्ला गाउलेहरुले खासगरि लोकल कुखुरा सरहनै मानेर पाल्ने गरेको बताउदै श्रेष्ठले यो सबै ठुलो माछाले सानो माछा सिध्याउने खेलकै एउटा हिस्सा भएको र बोइलर सिध्याउदा कोइलर ब्यवसायीलाई भने नसिध्याउन आग्रह पनि गरे ।
श्रेष्ठले नेपाल ह्याचरी उद्योग संघको अहिलेको प्रयास कोहि ब्यवसायी नमरुन भन्नेनै भएको कारणले गर्दा राम्रो ब्यवसाय भएकालाई आखिर किन सिध्याउने खेल खेल्न आवश्यक छ भनि प्रति प्रश्न पनि गरे । उनले आफ्नो भरतपुर–१६, फुर्ती चोकमा रहेको बुढा निलकण्ठ ह्याचरीमा चल्ला नष्ट गर्न नेपाल ह्याचरी उद्योग संघबाट केहि प्रतिनधिहरु आउदा तोडफोडकै शैलिमा आएकोमा आपत्ति जनाउदै सो तोडफोड हुने स्थिती भएपछि प्रहरीलाई खबर गरेको र २–३ जनालाई प्रहरीले पक्राउ पनि गरेको जानकारी दिए । उनले सो क्रममा आफ्नो ह्याचरीको कबि ७ हजार चल्ला नष्ट भएको जानकरी पनि दिए ।
हाल देशभरिनै करिब ६० हजार कोइलर प्यारेन्ट रहेको छ भने चितवनमा मात्र करिब ९ वटा ह्याचरीले प्रति हप्ता १ लाख ५० हजार चल्ला उत्पादन गर्ने गरेको छ । सो १० दिनको अवधिमा करिब २ लाख २५ हजार चल्ला नष्ट हुन्छ भने जसको लागत मुल्य करिब ९० लाख हुन आउदछ ।


तपाईको प्रतिक्रिया