महेश पाण्डे
चितवन । टर्कीसँगै अब कालो कुखुरा अर्थात ब्ल्याक चिकेन पालन ब्यवसाय पनि फस्टाउदै जान थालेको छ । जसबाट चितवनमा ब्यवसाय गर्ने एक युवाले मासिक लाखौ आम्दानी गर्न सफल भएका छन् । कालो कुखुरामा आइरन, भिटामीन र खनिज तत्व बढि मात्रामा पाइने भएकोले यसको माग बढ्न थालेकाले पनि ब्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएको बताउछन् हाल खैरहनी–२, सिमलघारीमा देशकै नमुना तात्रिवास पशु विकास फर्म तथा कृषी अनुसन्धान केन्द्र प्रा.लि. सञ्चालन गरेर बसेका ३६ वर्षका किरण प्रसाद कंडेल ।

२०६९ सालमा २ जोडी टर्कीलाई रु १० हजारमा खरिद गरेर ब्यवसाय सुरु गरेका गैडाकोट–२, नलपुरका कंडेल अहिले यही पेशाबाट करौडौका मालीक भएका छन् । कंडेलले ८ वर्ष अगाडि आफु बेरोजगार रहेको र के गर्ने के नगर्ने भन्ने दुबिधा भइरहेको अवस्थामा एक दिन नारायणगढ बजारको एक होटलमा जादा एक जोडी टर्की देखेर त्यस प्रतिको आकर्षण बढेको र उक्त टर्कीलाई होटल मालीकले रु १२ हजार भन्दा घटाउन आग्रह गरेको तर रु १० हजार भन्दा कममा नआउने भएपछि साथी टिका अधिकारीको सल्लाहा बमोजिम यो ब्यवसाय सुरु नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले उक्त बेला बदेल पाल्ने सोच भएको भएतापनि नेपालको कानुन स्पष्ट नभएका कारण टर्की पालन ब्यवसायनै सुरु गर्ने सोच बनाइ तत्कालीन अवस्थामा खैरहनी–४ मा केहि जग्गा भाडामा लिएर टर्की पालन ब्यवसायको सुरुवात गरेको बताए । उनले त्यही १० हजारको एक जोडी टर्कीले आफ्नो भाग्य खुलेको बताउदै अहिले त्यसेको आम्दानीबाट करौडोको सम्पत्ती जोड्न सफल भएको बताए । सुरुवाती दिनमा आफुले पालेको एक जोडीबाटनै मासिक ७० हजार सम्म आम्दानी भएपछि यो ब्यवसाय प्रतिको झुकाव अझ गहिरिदै गएको बताउने कंडेलले त्यही टर्की ब्यवसायबाट २ वर्ष अघि मात्र खैरहनी–२ मा करिब ३८ कठ्ठा जमिन किनीसकेको बताए । रोचक कुरा त के छ भने अहिले सम्म उनले बैंकबाट १ रुपैया पनि ऋण लिएका छैनन ।

उनको सोहि ब्यवसायलाई देखेर अहिले प्रदेश नं. ३ को सरकारले मासु भण्डारन गर्ने भवनको लागि रु ८ लाख ४० हजार रुपैया प्रदान गरिसकेको छ । उनले हाल टर्कीको चल्ला लिनको लागि अहिले देशैभरिबाट दैनिक ३५–४० जना मान्छेहरु आउने गरेको र फोन मात्र ३०० भन्दा बढि पटक आउने गरेको बताए ।

हाल कंडेलले सो स्थानमा टर्कीसंगै अहिले भर्खरै बजारमा माग बढ्न थालेको कालो कुखुराको पनि चल्ला बेच्न सुरु गरेका छन् । उनि भन्छन अहिले टर्कीको मासु तयारी प्रति केजी रु ८ सय र कालो कुखुरा (ब्ल्याक चिकन) को मासु प्रति केजी रु एक हजार रहेको छ । यदि कसैले कालो कुखुराको मासु खायो भने अरु मासु खानै नखोज्ने बताउदै कंडेलले यसको बारेमा मानिसहरुमा जानकरीको कमि देखीएको बताए । उनले स्वास्थ्यको लागि पनि उपयोगी, खान पनि मिठो भएपछि किन कालो कुखुराको मासु किन नखाने भन्दै प्रति प्रश्न पनि गरे ।

कंडेलले हाल आफ्नो फार्ममा ब्रीडिङ्ग हाउस, ह्याचरी, मासु उत्पादन, फ्रोजन आउस सबै तयार गरेका छन् । उनि भन्छन “बजारमा अरु पनि चल्ला बितरण गर्ने छन् उनिहरुले १ दिने चल्ला भनेर बेच्छन् तर म भने करिब २१ दिन नभई टर्कीको चल्ला र ३१ दिनको नभई कालो कुखुराको चल्ला बेच्दीन ।” उनले एक दिने चल्ला नबेच्नुको कारण खुलाउदै पुन भने “टर्की र कालो कुखुराको पनि चल्लामा भ्याक्सिनको विधि र प्रक्रिया हुन्छ, जसलाई पुरा नगरे चल्ला नराम्रो हुने वा मृत्युदर उच्च हुन्छ त्यसैले ब्यापार आफ्नो ठाउमा भएपनि सबैको ब्यवसाय राम्रो भए मात्र आफ्नो पनि माहोल राम्रो हुने भएकाले एक दिने चल्ला म बेच्दिन ।”

हाल सो फार्ममा करिब १२०० कालो कुखुरा (ब्ल्याक चिकेन) का चल्लाहरु, करिब ७०० टर्कीका चल्लाहरु, कालो कुखुराका माउ १५०० वटा र टर्कीको माउ १२०० वटा रहेका छन् । सो फारमबाट हाल कालोे कुखुराको चल्ला प्रति चल्ला कम्तिमा ३१ दिनको रु ५०० र टर्कीको चल्ला कम्तिमा २१ दिनको रु ५०० को दरले बिक्री बितरण हुदै आएको छ । फार्मबाटनै हालका दिनमा दैनिक १५ देखी २० किलो सम्मको मासु पनि बिक्री हुने गरेको छ । त्यस्तै सो फार्ममा प्रति महिना टर्कीका चल्लाहरु ५७०० र कालो कुखुराको चल्ला ३००० हजार उत्पादन हुदै आएको छ ।

अहिले सो स्थानमा ६ वटा ब्लक भवनहरु रहेको छ भने ७ जनाले प्रत्यक्ष रुपमा फार्ममा काम गर्दै आएका छन् । सञ्चालक कंडेलले मासिक रुपमा १५ लाखको ब्ल्याक चिकेन र टर्कीको चल्ला बिक्री गर्दै आएकोमा खर्च कटाउदै करिब ३ लाख बचत हुने गरेको बताए । हालका दिनमा टर्की र कालो कुखुराको चल्लाको लागि अण्डा पालन गर्नेको संख्या पनि बढेको बताउदै कंडेलले टर्कीको अण्डा प्रतिक्रेट ३ हजार र कालो कुखुराको अण्डा प्रति क्रेट रु १५ सय रहेको बताए । हाल कंडेलले गैडाकोटमा पनि आफैले सबैलाई अझ सहज होस भनेर टर्की मिट हाउस सञ्चालनमा ल्याएको जानकारी दिए ।

हाल टर्कीलाई रत्ननगरमा रहेको किसान दाना उद्योगबाट उत्पादन गरिएको मास दाना खुवाउने गरिएको छ । एक दिनमा एक टर्कीले ५६ ग्राम दाना खाने र कालो कुखुराले ९० ग्राम दाना खाने गरेको छ । टर्की र कालो कुखुराले दानाको ठाउँमा घास पनि खाने भएकोले यस्को उत्पादन लागतपनि कम हुने गरेको बताउदै कंडेलले २०० वटा टर्की वा कालो कुखुरा पाल्दा वर्षको ५ देखी ७ लाख सम्मको आम्दानी गर्न सकिने बताए । उनले सबै कुरा बुझनको लागि आफ्नो मोबाईल नं. ९८५५०५२६०० मा फोन गरेर पनि बुझ्न सकिने जानकारी दिए । हाल सो फार्ममा दैनिक रुपमा संरचनाहरु पनि निर्माण भईरहेको देख्न सकिन्छ । त्यसैले पनि नेपालमानै बसेर केहि गर्नसके लाखौ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा कंडेललाई लिन सकिन्छ ।




तपाईको प्रतिक्रिया