चितवन । चितवन उद्योग संघ कालिका इकाईले कार्यालय उद्घघाटन संगै औद्योगिक सुरक्षा स्टिकर टाँस गरेको छ । कालिका र चितवन उद्योग संघ कालिका इकाई समितिको कार्यालय उद्घाटन, चितवनका सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ कालिका नगरपालिका क्षेत्रभित्र रहेका उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस एवं तथ्याङ्क अद्यावधिक अभियानको शुभारम्भ गरिएको हो ।

चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं कालिका इकाई समितिका संयोजक प्रकाशचन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख तथा प्रमुख अतिथि खुमनारायण श्रेष्ठ रहेका थिए भने चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी विशिष्ट अतिथि रहेका थिए । प्रमुख अतिथि श्रेष्ठले उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस एवं तथ्याङ्क अद्यावधिक अभियान वास्तवमै निकै फलदायी हुने बताउदै यस्ता कार्यले औद्योगिक क्षेत्रको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

कार्यक्रममा कालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, औद्योगिक सुरक्षा गुल्म नं. २३, का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारी, पदमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष अर्जुन चौधरी, भीमवली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र पाण्डे, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्ष मदन घिमिरे, कार्यसमिति सदस्यहरु दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, राशी लामा, युग राज वस्ती लगाएतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रमलाई चितवन उद्योग संघ कालिका इकाई समितिका संयोजक प्रकाशचन्द्र भट्टराईले धन्यवाद मन्तव्य सहित समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया