-अजित अधिकारी
चितवन । माडी बसन्तपुरको खेलमैदान फोहोर फाल्ने थलाकोे रुपमा परिणत हुन थालेको छ । बसन्तपुर बजार स्थित खुल्ला खेलमैदान वरपर र माडी नगरपालिका द्वारा संचालित मूर्तिकला भबन ब्यबसायको अगाडि जहाँ एउटा पोखरी समेत रहेको छ उक्त स्थानमा फोहोर फाल्ने क्रम बढेसंगै कुरुप र दुर्गन्धित बनेको हो ।

अहिले सो पोखरीको वरपर र पोखरीमा रहेको पानीमा फोहोरजन्य पदार्थहरुले पोखरी ढकमक्क ढाकिएको छ । माडीमा हुने बिभिन्न कार्यक्रमहरुमा माडीलाइ इको नगरपालिकाको रुपमा बिस्तार गर्ने र शुन्दर स्वच्छ सफा र हरियाली माडीको परिकल्पना गरिएको भएतापनि आजको दिनमा यी कुराहरुले प्राथमिकता भने पाउन सकिरहेको छैन ।

नेपाल पर्यटन बर्ष २०२० को आवागमन पूर्व सन्ध्यामा बसन्तपुर बजारको खेलमैदान वरपरको फोहोर ब्यबस्थापन हुन नसक्नु र नेपाल पर्यटन बर्ष २०२० को पुर्ब तयारी नहुनुले माडी आउने आन्तरिक तथा बाहय पर्यटकहरुले आफ्नो देश वा क्षेत्रमा कस्तो संदेश लैजालान भन्ने जिज्ञासा जनमानसमा ब्याप्त देखिएको छ ।

बसन्तपुर बजारको खुल्ला खेलमैदान वरपर यत्रतत्र छरपस्ट रहेको फोहोरले वरपरको बाताबरण नै प्रदुषित हुन गएको छ । तर यस विषयमा माडी नगरपालिकाले भने कुनै काम गर्न सकिरहेको छैन । सरोकारवालाले खुल्ला खेल मैदान वरपरको फोहोरको विषयमा पटकपटक आवाज उठाउने गरेको र माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाललाइ पनि अबगत गराउने गरेका छन् ।

सो बिषयमा मेयर ढकालले बसन्तपुर बजारको खुल्ला खेलमैदान वरपरको फोहोरका विषयमा कुहिने फोहोर पदार्थहरुलाइ रिसाइक्लिन पद्धतिद्वारा प्राङगारिक मलको रुपमा प्रयोग गर्ने र नकुहिने फोहोर पदार्थहरुको कलेक्सन गरि बिक्री बितरण गर्ने र छिट्टैनै माडी ८ मा फोहोर कलेक्सन केन्द्र स्थापना गर्ने बताउदै आएका छन् तर सो कुरा कार्यन्वयनमा भने आउन सकेको छैन ।

माडी नगरपालिकालाई इको नगरपालिका स्वच्छ सफा र शुन्दर माडीको रुपमा परिचित गराउने भनेर भनिरहदा बसन्तपुर बजारको खुल्ला खेलमैदान वरपर रहेको फोहोरको ब्यवस्थापन हुन नसक्नुले माडीको पहिचान नै खतरामा पर्ने देखिएको छ । बसन्तपुर बजारको फोहोर ब्यबस्थापन हुन नसक्दा वरपरको बाताबरण नै दुर्गन्धित हुन पुगेको छ । जसबाट फोहोरले बाताबरणमा नकारात्मक असर पार्ने हुँदा बाताबरण असन्तुलन हुन गइ बाताबरणमा बिविध खाले समस्याहरु देखा पर्न जाने प्रष्ट देख्न सकिन्छ ।
अर्को तर्फ यहि फोहोरको कारणबाट समुदायमा विभिन्न प्रकारका सरुवा रोगहरु एबम विभिन्न प्रकारका प्राणघातक रोगहरु लाग्न सक्ने खतारा रहेको चिकित्सकहरुले बताउने गरेका छन् । “हामिले बारम्बार बसन्तपुर बजारको खुल्ला खेलमैदान वरपरको फोहोरका विषयमा कार्यक्रम खबर फास्टबाट आवाज उठाइरेका छौ । तर पनि हाम्रो आवाज सुनेर पनि सम्बन्धित निकायले नसुनेझै जस्तो गरिरहेको छ ।” भन्दै एक स्थानियले नेपालीको आवाज डटकमसंग थप कुरा राख्दै भन्छन “हाम्रो चाहना भनेको फोहोरको ब्यबस्थापन गरि बाताबरणको संरक्षण र सम्बर्द्धन गर्नु र स्वच्छ बाताबरणको निर्माण गर्नुपर्छ भन्ने नै हो ।” स्थानियले यस विषयमा बसन्तपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष शशिधर बराललाइ पनि अबगत गराएको तर पनि यस विषयमा अध्यक्ष बरालबाट पनि कुनै काम नभएको बताए ।
माडीमा हुने बिभिन्न कार्यक्रम हरुमा माडीलाइ इको नगरपालिका स्वच्छ सफा र शुन्दर माडी हाम्रो माडी राम्रो माडी भनेर भाषण गरिरहने तर काम भने नगर्ने परिपाटीले फोहोरको ब्यवस्थापन भने हुन नसकेको प्रष्ट देख्न सकिन्छ । खासमा माडी बिकासको लागि यो यो कार्य गर्ने भनेर विभिन्न खाका तयार पारिएको भएतापनि ती कुराहरु खाकामा मात्रै सिमीत भएकै कारण काम भने हुन सकिरहेको छैन ।
बाताबरणमा फोहोरले नकारात्मक असर पार्ने हुँदा छिटोभन्दा छिटो बसन्तपुर बजारको खुल्ला खेलमैदान वरपरको फोहोर ब्यबस्थापन गरि सफा स्वच्छ र शुन्दर बाताबरणको निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता देखिएको छ । अनि मात्र सबैले कल्पना गरेको स्वच्छ सफा हरियाली र शुन्दर माडी हाम्रो माडी भन्ने नाराले सार्थकता पाउने देखिन्छ ।

तपाईको प्रतिक्रिया