अजित अधिकारी
चितवन/माडी । माडीको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर अर्को आकर्षण बन्दै गएको छ । धार्मिक एतिहासिक स्थलको रुपमा परिचत रहदै आएको माडी–७ देबेन्द्रपुर स्थित दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको पछिल्लो समय महत्व र आबश्यकता बढ्दै गएको पाइएको छ ।

विभिन्न क्षेत्रहरूवाट दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर को दर्शन गर्न श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ । धार्मिक एतिहासिक महत्वका रुपमा समेत अग्रस्थानमा रहेको सो क्षेत्र चितवनको माडीलाइ प्राकृतिक मनोरम र शुन्दर दृश्य अवलोकनको लागि उत्कृष्ट गन्तब्यको रुपमा लिन सकिन्छ । विभिन्न जातजाति धर्म सस्कृति रितिरिवाज र भेषभुषाले सुसज्जित सो क्षेत्रमा सबै समुदायको आ आफनै परम्परा रहेको छ ।

धार्मिक परम्परा र एतिहासिक महत्वका स्थलका रुपमा माडी अग्रस्थानमा रहने गर्दछ । माडीको धार्मिक एतिहासिक स्थलहरुको अध्यन अबलोकन गर्नको लागि विभिन्न बाह्य तथा आन्तरिक पर्यटकहरु दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको दर्शन गर्न आउने क्रम बढ्दै गएको छ । नेपालमा अहिलेसम्म दुई स्थानमा मात्र शनि मन्दिर रहेको छ । पछिल्लो समय विभिन्न क्षेत्रहरुमा शनि भवानीको पुजा गर्ने क्रम बढिरहेको छ । विशेषगरि विभिन्न ग्रह गोचर (शनि ग्रह) शान्ति गर्नको लागि शनिको पुजा गर्ने प्रचलन प्राचीनकालबाट नै रहदै आएको जनबिश्वास छ ।

शनिको पुजा गर्नाले नौ ग्रह शान्ति हुने अधुरा कामहरु बन्ने घरपरिवार र मनमा शान्ति छाउने जस्ता बिश्वास रहेको छ । शनिको पुजा शनिबार मात्र रहने हुँदा विभिन्न ठाउँहरूवाट आउने भक्तजनहरुको सो दिन बाक्लो उपस्थिति रहने गर्दछ । दशैमा दक्षिण सोमेश्वर कालिका मन्दिरमा दुर्गा देबि भवानी र काली माताको पुजा आराधना गरिनुका साथै हास परेवा बोका बलि दिने गरिन्छ भने बिधिपुर्बक शनि भवानीको पुजा आराधना पनि गर्ने गरिन्छ ।
सो मन्दिर क्षेत्रवरपर विभिन्न मनमोहक दृश्य र काठबाट निर्मित कलाकृतिहरु र प्राकृतिक शौन्दर्यहरु देख्न सकिन्छ भने माडी उपत्यकालाई देख्न सकिने गरि भ्यु टावरको निर्माण पनि हालका दिनमा गरिएको छ । शनि मन्दिरको नजिकै १०८ वटा शिव लिङ्गको निर्माण गरिएको छ भने माडीकै ठुलो र अग्लो त्रिशुल समेत सो क्षेत्रमा निर्माण गरिएको छ ।

मन्दिरमा सबैभन्दा ठुलो घण्टि समेत रहेको छ भने शनि मन्दिरको तल तिर विशाल जोर सालको रुख पनि रहेको छ सोहि कारणले पनि विभिन्न क्षेत्रहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको बाक्लो उपस्थित रहने गरेको छ ।

हिन्दु धर्ममा शिव लिङ्गको दर्शन गर्नाले सन्तान नभएकालाइ सन्तान हुने जस्ता धार्मिक मान्यताहरु रहदै आएको जनबिश्वास छ । माडी धार्मिक एतिहासिक स्थलका रुपमा समेत अग्रस्थानमा रहेको हुँदा माडीमा निर्माण गरिएका स्मारकहरु दिवाकर बाटीका र पुष्प मदन बाटिका स्मारकको अझ धेरै व्यापक प्रचार प्रसार हुन सकेमा निकट समयमा नै पर्यटकको आवागमनमा वृद्धि हुने अवस्था रहेको छ ।

पर्यटकिय प्रचुर सम्भावनाका रुपमा रहेका माडीका धार्मिक एतिहासिक स्थलहरु पाँच पाण्डब, गोदक छरछरे बिक्रम बाबा, बैकुण्ठ धाम, परशुराम कुण्ड, वाल्मीकि आश्रम, दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर, सोमेश्वर गढी, रेवा तथा त्रिबेणि धाम, लगाएतका धार्मिक क्षेत्रहरुको बिकास र खोजी गर्न सकिएमा माडी क्षेत्रको भ्रमण गर्ने पर्यटकको बृद्धि भई आर्थीक रुपमा पनि माडी सबल बन्ने प्रष्ट देखिन्छ ।

तपाईको प्रतिक्रिया