अजित अधिकारी
चितवन/माडी । माडीको बसन्तपुरको चौरमा शनिबारदेखि यु–१३ एन्फा ग्रासरुट्स लिग–२०७६ हुने भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा जिल्ला फुटबल संघ चितवनको प्राविधिक सहयोगामा संचालन हुने प्रतियोगितामा माडीका कुल १० वटा टिमको सहभागिता रहने छ ।
शनिबारदेखि उद्घाटनसँगै ४ वटा खेलहरु हुनेछन् । पहिलो खेल सि एफ सी चैनपुर र के एफ सी खैरहनीबीच विहान ११ बजे हुनेछ भने दोश्रो खेल मध्यान्ह १२ः३० बजे ग्रिनल्याण्ड युवा क्लव र ज्ञानज्योति युवा क्लवबिच हुनेछ । त्यस्तै तेश्रो खेल दिउँसो २ः०० बजे स्टार स्पोट्र्स क्लब बी र बर्डस नेपालका बिच हुँदा भोलिको चौथौ तथा अन्तिम खेल दिउँसो ३ः३० बजे बसन्तपुर युनाइटेड क्लब ए र दियो क्लवका बीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ द म्याच सहित विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ भने विजेता टिमलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया