
काठमाडौं । देशभरका २४ एसपीको सरुवा भएको छ । शक्रबार नेपाल प्रहरीका २४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । शुक्रवार प्रहरी महानिरीक्षकले सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।
सरुवा सूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कृष्णप्रसाद कोइरालालाई पठाइएको छ भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा गंगा पन्तलाई खटाइएको छ ।
चितवनका बिवादित एसपीको छवी बनाएका दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा खटाइएको छ । रविराज खड्काको रौतहटमा सरुवा भएको छ ।
एसपी मल्ल चितवन आएको एक वर्ष पनि भएको छैन । उनी आएपछि चितवन प्रहरी विवादित बन्दै आएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा गार्ड भएर काम गरेकाले मल्ललाई राजनीतिक रुपमा विवादमा मुछिदै आएको बताइदै आइएको थियो ।