महेश पाण्डे
चितवन । सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ गरिएको छ । चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथो तल्लामा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुक्रबार एक कार्यक्रका बिच शुभारम्भ गरिएको हो ।
सो सिनेमाहलका अध्यक्ष गणेश श्रेष्ठले चितवनमा बच्चा देखि प्रौढसम्म सबैलाई एकै ठाउमा किनमेलसंगसगै मनोरञ्जन पनि हुने हिसाबले पूर्णरुपमा डिजीटल प्रविधि जडित मल्टिप्लेक्स हल सञ्चालमा ल्याएको नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले सो हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको र आरामदायी सिट लगायतका सुविधाहरु रहेको बताए ।
चितवन सिनेप्लेक्स सिनेमाका निर्देशक कमल चौधरीले पहिले र अहिलेको नेपालको परिवेश फरक हुदै गएको परिप्रेक्षमा सबै ठाउँमा सुविधा सम्पन्न हलको निर्माण हुनुपर्छ भनेर सो हलको निर्माण गरेको जानकारी दिए । उनले हलमा जडित प्रविधि बिश्वस्तरको रहेको बताए ।
हलका ब्यवस्थापक उज्वल केसीले सो हलमा अत्याधुनिक प्रविधिमा बनेको २ वटा स्क्रिन रहेको बताउदै स्क्रिन नं. १ मा १४३ जना र स्क्रिन नं. २ मा २१९ सिट रहेको जानकारी दिए । चितवन र यसको आसपास क्षेत्रका सिनेप्रेमी दर्शकलाई मध्यनजर गर्दै सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा पछिल्लो बिश्व बजारमा उपलब्ध भएको बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको केसीले बताए ।
कार्यक्रमको मुख्य आकर्षण रहेका हास्य कलाकार तथा गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालाका अभियान्ता सिताराम कट्टेलले एउटै ठाउमा सुविधा सम्पन्न सिनेमाहल सञ्चालनमा आउनु निकै खुसिको कुरा भएको बताए । उनले चितवन आफैमा आकर्षणको केन्द्र बिन्दु पनि भएकाले चितवनबासीका लागि यो एउटा महत्वपूर्ण ठाउँ हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा उपस्थित रहेका सिजी ल्याण्डमार्कका अध्यक्ष राजेन्द्र अर्यालले काठमाण्डौमा हालका दिनमा मलहरु यस्तै सुविधा सम्पन्न बनेको भएतापनि चितवनमा भने त्यस्तो नभएका कारणले गर्दा सोहि कन्सेप्ट अनुसार सिजी ल्याण्डमार्कको स्थापना गरिएको जानकारी दिए । उनले हाल सो ल्याण्डमार्कमा सपीङ्ग कम्प्लेक्स, मल्टिप्लेक्स हल, फुर्डकोर्ट, गेम जोन, होटल लगाएतको ब्यवस्था गरिएकोले सबैलाइ एकपटक आएर अवलोकन गर्नपनि अनुरोध गरे ।
कार्यक्रममा चितवन जिल्लाका महत्वपूर्ण सरकारी संस्थाका प्रमखहरु, अन्य ब्यवसायीक संस्थाका प्रमुख तथा प्रतिनिधी, कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।