चितवन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चितवनको रत्ननगरबाटै सुकुमवासीलाई लालपूर्जा वितरणको काम सुरु गर्ने बताएकी छन ।
शनिवार रत्ननगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री अर्यालले रत्ननगरले सुकुमवासीको तथ्याङक संकलनको काम गरिसकेकाले यहीबाट लालपूर्जा वितरणको काम सुरु गर्ने बताइन । उनले सुकुम्वासी तथा भुमीहिनहरुले अहिले प्रयोग गर्दै आईरहेको जग्गाकै लालपुर्जा उनीहरुलाई वितरण गरिने बताइन् । तर वनको एउटा रुख समेत नकाटिने उनले वताईन् ।

केही तत्वहरु तल आएर सुकुम्वासीलाई उचाल्ने र सदनमा विरोध गर्दा समेत ऐन पारित भईरहेको भन्दै उनले वर्तमान सरकारलेनै सुकुम्वासीलाई लालपुर्जा दिने उद्घोष गरिन् । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको गरेको प्रति प्रसंसा गर्दै मन्त्री अर्यालले यहाँ सुकुम्वासीको पूर्ण विवरण समेत उतारिसकेकाले यहीबाटै पुर्जा वितरण गर्ने बताइन । ३ नम्वर प्रदेशका साँसद कृष्ण प्रसाद खनालले चितवन भुमीहिन, सुकुम्वासी र अव्यवस्थितहरुको वाहुल्यता रहेको क्षेत्र भएकाले यही जिल्लाबाट पुर्जा वितरणको काम सुरु गर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराए ।
बाढी र सुकुम्वासीको नाममा राजनिति गरेको भन्दै अव पुर्जा वितरण नगरे जनताले माफी नदिने साँसद खनालको भनाई थियो । रत्ननगरका मेयर नारायण वनले रत्ननगरका सुकुमवासीहरुले लालपुर्जा सिरानीमा राखेर सुत्ने दिन कुरिरहेको बताए । रत्ननगरमा नगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा सुकुम्वासी,भुमिहिनहरुका लागि करिव ८० घर निर्माण गरिसकेको मेयर वनले सुकुमवासी समस्या सधैको लागि अन्त्य हुने गरी काम गरिने बताए ।
भावि सन्ततीको लागि सार्वजनिक जग्गा संरक्षण गरिरहेको भन्दै मेयर वनले कसैलाई पनि सार्वजनिक जग्गा हड्प्न नदिने प्रतिबद्धता जनाए । उनले दुई बर्षको अबधिमा नगरपालिकाले करिब ४० विगहा सार्वजनिक जग्गा संरक्षण गरिसकेको जानकारी दिए । कार्यक्रममा उपमेयर विमला दुवाडीले नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गालाई सार्वजनिक महत्वका पूर्वाधार निर्माण गरिने बताइन । कार्यक्रम नगर प्रबक्ता राजेन्द्र हमालले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया