चितवन । दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक भएको छ । शनिवार एक कार्यक्रम गरि संस्थाले बम्पर योजनाको नतिजा सार्वजनिक गरेको हो । दशैं, तिहार तथा छठ पर्वको अवसरमा १० हजार भन्दा माथीको सामानको खदिमा सबै ग्राहकलाई उपहार कुपन प्रदान गरिएको दिप ज्योति मल्टी सप्लायर्सका प्रोपाइटर ज्ञानेन्द्र प्रसाद दाहालले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले रत्ननगर–१०, बकुलहरको भित्री बाटोमा राखिएको सो ईलेक्ट्रिक सोरुमबाट उपहार योजना अन्र्तगत करिब १ करोडको कारोबार गर्ने लक्ष्य राखेको भएपनि बाटो निर्माणको कारणले गर्दा ७० लाखको मात्र ब्यापार गर्न सफल भएको र आफ्ना ग्राहकलाई सामान खरिद गर्दा केहि न केहि उपहार दिउ भन्ने सोचका साथ सो उपहार योजना ल्याइएको बताए ।

दाहालले चाडपर्व सकिएको लामो समय पछि उपहार योजनाको नतिजा सार्वजनिक गर्नुमा पसल रहेको ठाउँ अगाडीको बाटाको बिच बनाउने काम समयमा नसकिनुनै प्रमुख कारण रहेको बताउदै ढिलै भएपनि ग्राहकले उपहार पाएरै छाडेको कुरा ब्यक्त गरे । उनले अरु संस्थाहरुले उपहार योजना ल्याउने तर कसलाई पर्यो पनि थाहा पनि नपाउने स्थिती रहेको बताउदै आफुले भने मिडिया र अतिथि बोलाएरनै साथै बिशेष कार्यक्रम गरेरनै उपहार बितरण गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कल्याण टोल बिकास संस्था, रत्ननगर–१० का अध्यक्ष केशव रिजालले भित्रि सडकमा भएपनि उत्कृष्ट ब्यापार गर्न दिपज्योति मल्टी सप्लायर्स सफल भएकोमा बधाई पनि दिए । उनले ग्राहकबाट लिने मात्र नभई उपहारको मार्फतबाट भएपनि केहि न केहि दिउँ भनि बम्मर उपहार योजना ल्याएकोमा दिप ज्योति मल्टी सप्लायर्स लाई धन्यवाद पनि दिए ।

रत्ननगर उद्योग बाणिज्य संघका सदस्य उपेन्द्र आचार्यले प्रसौनि क्षेत्रको बाटो दशै तिहार जस्तो मुख्य समयमा नबन्दा ब्यवसायीले धेरै दुःख पाएको स्मरण गर्दै त्यस्तो बिसम परिस्थितीमा पनि राम्रो ब्यापार गर्न सफल भएकोमा संस्थालाई धन्यवाद दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि रत्ननगरका वातावरण संयोजक चन्द्रकान्त ओझा, बिरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक खगराज आचार्य, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, संस्थाका संरक्षक मोतीलाल दाहाल, पूर्वी चितवन पत्रकार मञ्चका सचिव ध्रुवराज खनाल, नेपालीको आवाज डटकमका अध्यक्ष महेश पाण्डे, नेपालीको आवाज डटकमका निर्देशक ध्रुवराज लामिछाने लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रममा उपस्थित सबैलाई सञ्चालक बिपिन शर्मा आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
दिप ज्योति मल्टी सप्लायर्स एलजिको आधिकारी बिक्रेताको रुपमा कार्य गर्दै सम्पुर्णलाई घरको लागि आवश्यक इलेक्ट्रिक सामानहरु र होलसेल, खुद्रा तथा किस्ताबन्दिमा बेच्दै आइरहेको छ ।
“दशैं तिहार बम्पर उपाहार योजना” का भाग्यशाली बिजेता यस प्रकार रहेका छन् ।
१. प्रथम पुरस्कार एक जनालाई ३२ इन्चको सिजीको एलइडि टिभी
बिजेताः कुपन नं.७०१ शुरेन्द्र भट्ट
२. द्धितीय पुरस्कार दुई जनालाई ईलेक्ट्रिक हिटर
बिजेताः कुपन नं. २४१ अनिल परियार र कुपन नं.३५५ दिपलोक श्रेष्ठ
३. तृतीय पुरस्कार दुई जनालाई राईस कुकर
बिजेताः कुपन नं.३९२ सञ्जित तिमल्सिना र कुपन नं.२५९ आशिका घिमिरे
४. सान्त्वना पुरस्कार २५ जनालाई हाते घडी
बिजेताहरु क्रमश कुपन नं. ७१६, ७१५, २९९, ८५१, १८८, ६१२, १६०, ३६८, ९३३, १६६,
७२१, ४४८, ९८४, ३९५, ९०३, ७१४, ६६४, १९४, ३३५, २४३, ६३७, ५२०, ३०४, ६०९
५. बिशेष पुरस्कार ५ जोडिलाई सौराहा स्थित दिप ज्योती गेष्ट हाउसमा १ दिन १ रात बस्ने खाने सहितको सुवीधा ।
बिजेताः कुपन नं.७२६ सन्तोष घिमीरे, कुपन नं.४६७ सिता सापकोटा, कुपन नं.०८० सन्देश घले, कुपन नं.७४५ राज के.सी.,
कुपन नं.९६० सबिना परियार
संस्थाले बिजेतालाई पुरस्कार परेको एक हप्ता भित्रमा उपस्थित हुन र उपहार दावी गर्न आउदा अर्धकट्टि अनिवार्य ल्याउन आग्रह गरेको छ अन्यथा पुरस्कार दिन संस्था बाध्य नहुने कुरा पनि जनाएको छ ।




तपाईको प्रतिक्रिया