चितवन । नेपाल तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की चयन भएका छन् । राजु रानामगर तरुण दलको क्षेत्रीय सचिव बनेसँगै अध्यक्ष पद रिक्त रहेको थियो । शनिवार बसन्तपुर स्थित नेपाली काँग्रेस नगर समितिको कार्यालयमा बसेको बैठकबाट कार्कीलाई अध्यक्ष चयन गरिएको हो ।

यस अघि उनि उपाध्यक्ष रहेका थिए । त्यस्तै उपाध्यक्षमा शेरमान गुरुङ चयन भएका छन् । सोहि कार्यक्रममा नेपाल तरुण दल चितवन क्षेत्र नं ३(ख)को सचिव बनेका राजु रानामगरलाई पनि आज सम्मान गरिएको छ ।

उता नेपाली काँग्रेस माडी नगर समितिको शनिवारनै बसेको बैठकले आगामी माघको पहिलो हप्तामा कार्यकर्ताको नेतृत्व विकास सम्बन्धि तालिम संचालन गर्ने तथा माडीका ७० वर्ष काटेका काँग्रेसका सदस्यहरुको जीवनी सहितको पुस्तक प्रकाशन गर्ने निर्णय गरेको पनि छ ।

तपाईको प्रतिक्रिया