अजित अधिकारी
चितवन । बसन्तपुर युनाईटेड क्लबको आयोजनामा माडीमा यु १३ फूटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेलको एक औपचारीक कार्यक्रमकाबिच आज समुद्घाटन गरिएको हो ।
आज ४ उद्घाटन खेल भएका छन् । आज भएको पहिलो खेलमा के एफ सी खैरहनीलाई ३(० गोल अन्तरले पराजित गर्दै सि एफ सि चैनपुर बिजयी भएको छ । पहिलो खेलको म्यान अफ दि म्याच बिवेक महत्तो घोषित भए । यस्तै दोश्रो खेलमा बसन्तपुर फूटबल क्लब बिलाई ३(० गोल अन्तरले पछि पार्दै ग्रिनल्याण्ड युवा क्लब कृष्णनगर बिजयी भएको छ । यस खेलको म्यान अफ दि म्याचमा आकाश गुरुङ्ग रहन सफल भएका छन ।

आज भएको तेश्रो खेलमा ३(० गोल अन्तरले स्टार स्पोर्ट्स क्लब बरुवा बि लाई पराजित गर्दै बर्डस् नेपालले बिजयी स्थान हासिल गरेको छ । तेश्रो खेलमा म्यान अफ दि म्याच सन्देश महत्तो हुन सफल भएका छन ।आज नै भएको चौथो तथा अन्तिम खेलमा बसन्तपुर युनाईटेड क्लब ए ले दियो क्लब माडीलाई २(० गोलले पराजित गरेको हो । भने अन्तिम खेलको म्यान अफ दि म्याच रहन दिवश महत्तो सफल भएका हुन ।

प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीलाई ट्रफी मेडल र अन्य आकर्षक पुरस्कार प्रदान गरीने छ भने हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने बसन्तपुर युनाईटेड क्लबका अध्यक्ष नबिन बस्यालले नेपालीको आवाज अनलाइन पत्रिकालाई जानकारी दिनुभयो । खेल संचालनको लागि चितवन जिल्ला फूटबल सघंको प्राविधिक सहयोग समेत रहेको बस्यालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया