अजित अधिकारी
चितवन/माडी । लियो क्लब अफ चितवन सौराहाको आयोजना र पेरु नागरिक आनको आर्थिक सहयोगमा हिजो माडीको कुसुमखोलामा रहेका ५० जना चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी सामान बितरण गरिएको हो ।

श्री प्राथमिक विद्यालय कुसुमखोलाका शिक्षक साजन गुरुङ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा बिशिष्ट अतिथि लियो क्लब अफ चितवनका सस्थापक अध्यक्ष गोबिन्द ढकाल रहनु भएको थियो । पुजन अधिकारीले सहजीकरण गर्नु भएको कार्यक्रम आभास अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया