चितवन । सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड न्यु इअर म्युजिकल फेस्टा हुने भएको छ । अंग्रेजी नया वर्ष २०२० लाई लक्षित गरि सौराहाको माहोललाई अझ रमाईलो बनाउन पौष ८ गते देखि १६ गते अर्थात डिसेम्बर २४ देखि जनवरी १ तारिकमा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक दिनेश कंडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले सौराहामा लायन्स डेन पव एण्ड म्युजिक बारले बिगत पांच वर्ष देखि लगातार अंग्रजी नया वर्षको अवसरमा बिशेष सास्कृतीक कार्यक्रम गर्दै आएको बताए । कंडेलले सोहि अनुसार यस वर्ष पनि सास्कृतीक कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै जोडिमा आउने मध्यबाट एक जनालाई भने फ्रि हुने ब्यवस्था मिलाएकको जानकारी दिए ।

लायन्स डेन पव एण्ड म्युजिक बारका म्यानेजर गौतम गिरीले यसपालीको कार्यक्रमका लागि राष्ट्रिय कलाकार को साथमा डिजेहरुको प्रस्तुती रहने भएकाले कार्यक्रममा सहभागी भई नव वर्षको माहोललाई अझ रगिंन बनाउन सबैलाई आग्रह पनि गरे । उनले कार्यक्रमको लागि डिसेम्बर २४ मा नेपालय ब्याण्ड, डिजे. के, डिजे शैलेसको प्रस्तुति, डिसेम्बर २५ मा सुस्मा बिश्वकर्मा, डिजे. के, डिजे शैलेसको प्रस्तुति, डिसेम्बर ३१ मा भोइस अफ नेपाल २०७६ का उप बिजेता आरिफ राउफ, डिजे प्रोसेस र जनवरी १ मा शुस्मा बिश्वकर्मा, डिजे. के, डिजे शैलेसको प्रस्तुती रहने बताए ।

कार्यक्रमका सह–संयोजक रमेश भट्टले कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिदै सौराहाको मुटुमा रहेको टुरिष्ट बसपार्क जाने बाटोमा लायन्स डेन पव एण्ड म्युजिक बार रहेकाले सो कार्यक्रममा आएर कलाकारसंगै नया वर्षको उल्लासमा रमाउन आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया