
महेश पाण्डे
चितवन । डेक नेपालको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार सौराहामा डेभलपमेन्ट एक्सचेन्ज सेन्टर–नेपाल (डेक नेपाल) ले एक कार्यक्रमको आयोजना गरि आर्थीक वर्ष २०७५/७६ को सामाजिक परिक्षण कार्यक्रम अन्र्तगत प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रम गरेको हो । डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले कन्सल्टेन्टहरुको प्रयोग गरि संस्थाले १ वर्षममा के के गर्यो ? कहाँ कहाँ गयो ? भनेर सम्बन्धित ठाउँमानै गएर गरिएको सामाजिक परिक्षणलाई प्रतिवेदनको रुपमा सार्वजनिकिकरण गरिएको जानकारी दिए ।
उनले यस किसिमका अभ्यासबाट संस्थालाई अझ आगामि दिनमा प्रभावकारी ढंगबाट लान सहज हुने कुरा बताए । कार्कीले सामाजिक परिक्षण विधिको को परिभाषा दिदै भने “सामाजिक परिक्षण भनेको दिगोपना, सुसासन, पारदर्शीताको लागि गरिने एउटा विधि हो जुन संस्था सञ्चालन गर्नकालागि निकै महत्वपूर्ण मानिन्छ ।” उनले हाल संस्थाले धादिङ्ग र मकवानपुर जिल्लामा सञ्चालनमा रहेका नागरीक समाज पारस्परिक जवाफदेहिता अन्र्तगत सो कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै सो कार्यक्रमले परियोजना स्थलका लक्षित समुदायका प्रतिनिधिहरुले आफ्नो अनुभव साटासाट र जिज्ञासा तथा सुझाव मेटाउने एउटा उपयुक्त अवसर रहेको कुरा ब्यक्त गरे ।
कार्यक्रमकी सभाअध्यक्ष तथा डेक नेपालकी अध्यक्ष सिखा श्रेष्ठले हालका दिनमा संस्था निकै सफल ढंगबाट अगाडि बढेको बताउदै यसको लागि निकै मेहनत गरिएको जानकारी दिइन । उनले संस्थाले बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भएतापनि स्थानिय निकाय, सञ्चार माध्यम, समुदाय सबैले आफ्नै कार्यक्रम ठानेर अपनत्व ग्रहण गरेका कारणले पनि कार्यक्रम सफल बनाउन सहज भएको बताइन । सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण किन आवश्यक ठान्नु भयो भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा श्रेष्ठले भनिन “कुनैपनि एनजिओ चलाउदा आन्तरिक सुसासन पनि बढाउन आवश्यक हुन्छ, अरुको सुसासन मात्र खोजेर हुदैन त्यसैले यो कार्यक्रमको आयोजना गरेका हौं ।”
उनले हालका दिनमा संस्थाले गरेका बिभिन्न कार्यहरुबाट चेपाङ्ग महिलाहरुमा सक्रियता बढेको बताउदै पहिला घरबाट बाहिर पनि निस्कन डराउने चेपाङ्ग महिलाहरु अहिले बिभिन्न नेत्रृत्व तहसम्म पुगेको जिकिर गरिन । उनले संस्थाले गरेका चेपाङ्ग महिला सशक्तिकरण कार्यक्रमको माध्यमबाट हालका दिनमा चेपाङ्ग महिलाहरु बजेट ल्याउने, आर्थीक बिकास, बिभिन्न संघ संस्थामा प्रतिनिधित्व गर्ने लगायतका काममा जुट्ने गरेको बताइन ।
श्रेष्ठले हालका दिनमा एनजिओ भित्र पनि उच्च प्रतिस्पर्धा रहेको कारणले गर्दा सहयोग जुटाउन निकै कठिन रहेको बताइन । उनले बिदेशबाट आउने सहयोग एसीया भन्दा पनि बढि अफ्रिकी मुलुकमा केन्द्रित हुन थालेको कुरा ब्यक्त गरिन । श्रेष्ठले केहि ठुला एनजिओले सहयोग ल्याई सहज ढंगबाट कार्यक्रमहरु सञ्चालन गरिरहेको भएतापनि सानालाई भने निकै कठिन रहेको कुरा ब्यक्त गरिन ।
कार्यक्रमका प्रमुख अथिति मनहरी गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष ध्रुव खड्काले डेक नेपालले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए । उनले संस्थाले गरेको कार्यले सो क्षेत्रका बासिन्दाहरुमा निकै महत्वपूर्ण र सकारात्मकम प्रभाव पारेको बताउदै कार्यक्रम दिर्घकालिन चलेमा निकै खुसी हुने कुरा ब्यक्त गरे ।
सो कार्यक्रममा सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रमका सामाजिक परिक्षक तथा मित्र समाजका क्षमता बिकास विज्ञ गणेश कुमार लामाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गैर सरकारि संस्था महसंघका अध्यक्ष सुरेश अधिकारी, नागरिक समाज मञ्च मकवानपुरका संयोजक रमिला सापकोटा, नेपाल चेपाङ्ग संघ प्रदेश नं. ३ का सचिव लक्ष्मण चेपाङ्ग, डेक नेपालका उपाध्यक्ष धनमाया चेपाङ्ग लगाएतको उपस्थिती रहेको थियो ।
हालका दिनमा डेभलपमेन्ट एक्सचेन्ज सेन्टर–नेपाल (डेक नेपाल) ले शुसासन, वातावारण, शिक्षा, महिला सशक्तिकरण तथा जिविकोपार्जन स्वास्थ्य तथा सरसफाइलाई आफ्नो प्रमुख कार्यक्षेत्र बनाई पैरवी गर्ने गरेको छ । संस्थाले नागरीक समाज, आन्तरिक सुशासन, क्षमता अभिवृद्धी, जवाफदेहिता लगाएतका प्रवद्धनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
यसबाहेक पनि सो संस्थाले स्थानिय सरकार, नागरिक समाजसंग समन्वय गरेर स्थानिय निकायहरुलाई नागरिक प्रति जवाफदेहिता अभिवृद्धी गर्ने, अति सिमान्तकृत चेपाङ्ग समुदायका महिलाहरुको सशक्तिकरण कार्यक्रम गर्ने लागाएतका कार्यहरु गर्दै आएको छ । जस अन्र्तगत अगुवा चेपाङ्ग महिला पैरवी मञ्च गठन गर्ने, दर्ता गर्ने, क्षमता अभिवृद्धी गर्ने, बिभिन्न नेतृत्व बिकास तालिम गर्ने, बिभिन्न सरकारी निकायसंग सम्पर्क र समन्वय स्थापित गराउने, स्थानिय योजना निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने, लैङ्गिग उत्तरदायी बजेट स्थानियकरण गरि उक्त बजेट लक्षित समुदायसंग लैजान पैरवी गर्ने लगाएतका कार्यहरु गर्दै आएको छ ।