
चितवन – संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर गएको वैशाख २३ गते समाजवादी पार्टीको घोषणा भयो । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले समाजवादी पार्टी नेपालको घोषणा गर्दै नौ बुँदे सहमतिमा हस्ताक्षर गरे । हस्ताक्षर गदै उनीहरुले एक दुई महिनामा नै सबै प्रदेश र जिल्लामा एकता टुगाँउने बताएका थिए । तर आठ महिना भैसक्दा पनि चितवनमा भने पार्टी एकता हुन सकेको छैन् । किन अहिलेसम्म पार्टी एकताहुन सकेन त भनेर हामिले तत्कालिन नयाँ शक्ति पार्टीका जिल्ला सचिवालय सदस्य विनोद शर्मासंग कुराकानी गरेका र्छौ । प्रस्तुत छ उनिसंग गरिएको कुराकानी ।
प्रश्नः पार्टी एकता भएको आठ महिना भैसक्यो अहिलेसम्म किन चितवन जिल्लाको एकता नटुगिएको, कतै भागवण्डा नमिलेर त होईन ?
उत्तरः आन्तिरक समस्याभन्दा पनि नेतृत्वमा दाबी स्वभाविक कुरै हो । तर पनी हामी सहमती छलफलबाट व्यक्तिको हितभन्दा पनि पार्टीको हित हुनेगरी चितवनको पार्टी एकतालाई टुगाउछौ । भागवण्डा नमिलेको नभनौ विचार र एजेन्डा मिलेर एकता भैसक्यो । केही प्राविधिक कारणले नटुगीएको हो । हामी छलफलमै छौ । कार्यदल बनाएर छलफल चलिरहेको छ । यो महिना भित्रैमा एकता टुगिएको तपाईहरुको मिडीयाले छाप्न र लेख्न पाउने छ ।
प्रश्नः तपाईहरुले समाजवाद भन्नुहुन्छ समाजवादमा कसरी पुग्नु हुन्छ ?
उत्तरः समाजवाद भनेको लोकतन्त्रको उन्नत रुप र बिकास हो । हामी जान खोजेको समुन्नत लोकतन्त्र हुदै समावेशी, समुन्नत समाजवादमा जान खोजेका हौँ ।
प्रश्नः चितवन जिल्लाको नेतृत्व समाजवादी फोरमले पाउने भो की, नँया शक्ति पार्टीले ?
उत्तरः यो विषय गौड कुरा हो । जुन पार्टीले लिए पनि सबैलाई समेट्ने र समाजवादी पार्टीलाई स्थापीत गराउने व्यक्तिले लिन्छ । यसमा यही पार्टीले पाउनु पर्छ भन्ने छैन् ।
प्रश्नः नेतृत्वमा तपाईको पनि दाबी हो ?
उत्तरः राजनीति गर्ने मान्छेले नेतृत्वमा दावी गर्ने कुरा स्वभाविकै हो, तर म सिद्धान्त र विचारमा पार्टीमा लागेको हुँदा मेरो लागि पद भन्दापनि पार्टीको निर्णय महत्वपूर्ण हो ।
प्रश्नः तपाईको पार्टीमा युवाहरुलाई कतिको स्थान दिईएको छ ?
उत्तरः हाम्रो पार्टी वैकल्पीक शक्ति भएको हुदाँ हामी पुरानो पार्टीको विकल्पमा उभिएका हौ । हाम्रो पार्टीमा तपाई देख्नुभयो भने केन्द्रदेखि नै युवाहरुको महत्वपूर्ण र निर्णायक स्थानमा छ । यस पार्टीमा युवाहरुको राम्रो भविष्य म देख्दछु ।
प्रश्नः तपाई लामो समय कम्युनिष्ट राजनीतिमा लाग्नु भो, तपाईलाई आक्रमण रुपमा प्रस्तुत हुने मान्छे भन्छन् त् ?
उत्तरः राजनैतिक परिवर्तनलाई आत्मसाथ गर्ने क्रममा म माओवादी आन्दोलनमा जोडिए त्यो आन्दोलनले लिएको उपलब्धी भनेकै संघियता र समावेशीता हो । म त्यही लाईनमै छु । अहिले तपाईले हेर्नु भो भनेपनी समाजवादी पार्टी जति समावेशी अरु कुनै पाटी छैन् । हिमाल, पहाड, तराई जोड्ने ईन्द्रेणी राष्ट्रियता सहितको समावेशी पार्टी नै समाजवादी पार्टी हो ।
प्रश्नः लामो समय माओवादी जनयुद्धमा सहभागी भई बाबुराम भट्टराईसंगै माओवादी पार्टी परित्याग गरि नँया शक्ति पार्टीमा लाग्नु भो बाबुराम राष्ट्रिय राजनीतिमा कमजोर हुँदा पनि तपाई त बाबुराम संगै हुनुहन्छ ?
उत्तरः तपाईको बाबुराम राष्ट्रिय राजनीतिमा असफल भन्नेकुरा संग म सहमत छैन । सर्वा्धिक सफल राजनीतिज्ञ बाबुराम भट्टराई हुनुहुन्छ। हिजो माओवादी आन्दोलनमा पनि उहाँकै शान्ति र संविधानको कार्य दिशा पारित भयो । तर पछि नयाँ शक्ति पाटिमा पनि उहाँले उठाउनु भएको आर्थिक समृद्धिको एजेन्डा देशकै ऐजेण्डा भै सक्यो त्यसैले उहाँ राष्ट्रिय मात्रै हैन अन्तराष्ट्रिय रुपमै सफल नेता हो । राष्ट्रको हितमा अहिलेका समकालिन नेतामध्ये उहाँ सर्वोत्कृट नेता हो । त्यसैले हामी युवाहरुको लाम उहाँकै साथमा छ ।