महेश पाण्डे
चितवन । नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटमा पौष ९ गतेदेखी १२ गतेसम्म हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेसनको मिति नजिकिदै गर्दा तयारी पनि अन्तिम चरणमा पुगेको सो कार्यक्रमको आतिथ्यता गरिरहेको संस्था रत्ननगर जेसीजका अध्यक्ष सुवास पोख्रेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

उनले अहिले सम्म करिब ३ हजार अट्ने पण्डाल निर्माण भइसकेको बताउदै जसमा उच्च स्तरिय डिजिटल स्कृन सहितको उच्च गुणस्तरीय साउण्ड सिस्टम जडान हुने जानकारी दिदै जसको लागत मुल्य मात्र करिब ३० लाख रहेको बताए । उनले उक्त पण्डाल भित्र उद्धघाटन सत्र, पक्ररण गोष्ठी, उमेद्धवारको ककस लगाएतको कामहरु हुने जानकारी दिए ।
पोख्रेलले महादिवेसनको पहिलो दिन पौष ९ गते नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले कार्यक्रमको उद्धघाटन गर्ने बताउदै दोश्रो दिन पौष १० गते बिभिन्न पार्टीका युवा नेताहरु क्रमशः नेकपाका महेश बस्नेत, कांग्रेसका गगन थापा र बिवेकशिल शाझा पार्टीका रबिन्द्र मिश्रको पक्ररण गोष्ठि तथा जेसीजबाट देशभरबाट आएका महानुभावहरुले आफ्नो संस्कृती सहितको रत्ननगरको शान्तिचोक देखि कार्यक्रम हुने स्थल होटल स्टार बेन्क्युट सम्म नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धात्मक शान्ति र्याली रहने र पौष ११ र १२ गते नया नेतृत्वको लागि निर्वाचन लगाएतको कार्यक्रमहरु रहेको बताए ।
अहिलेको नेपाल जेसीजको नेतृत्वका लागि विसहजारी जेसीजबाट अरुणेश्वर खनाल, पथरी जेसीजबाट अशोक शंकर र काभ्रेबाट विकास मानन्धर अध्यक्ष पदको लागि मैदानमा उत्रिएका छन् । यसपालिको महाधिवेसबाट १७ जना अध्यक्ष सहितको कार्यसमिति प्रत्यक्ष चुनिने छन् भने ४ जना निर्वाचित अध्यक्षले चुन्ने बिधानमा प्रावधान रहेको छ ।

महाधिवेसनका महासचिव निरज श्रेष्ठले कार्यक्रमको करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनले हल ब्यवस्थापन, आवास ब्यवस्थापन, खाना तथा स्वागतको तयारी ब्यवस्थापन लगाएतका काम सकिएको र आइतबारबाट पर्सामा रहेको डिस्निपार्क रिसोर्टमा उमेद्धवार प्रशिक्षण कार्यक्रम भइरहेको जानकारी दिए ।

शाखा रजिष्ट्रेशन समितिका संयोजक तथा रत्ननगर जेसीजका निर्वतमान अध्यक्ष दिपेन्द्र शर्मा चापागाइले आइतबार सम्म करिब १४७५ जनाले प्री रजिष्ट्रेसन गरि सकेको र अब बांकिले उद्धघाटनको दिन रजिष्ट्रेसन गर्ने जानकारी दिए । यसपालीको अधिवेसनमा भएको प्री रजिष्ट्रेसन एतिहासिक भएको बताउदै शर्माले उद्धघाटनको दिन करिब २५०० भन्दा बढिले रजिष्ट्रेसन गर्ने र करिब ३ हजार भन्दा बढिले सहभागिता जनाउने कुरामा आफु बिश्वस्त रहेको बताए ।

कार्यक्रमका आवास ब्यवस्थापन समिति संयोजक बिश्वास रायमाझीले प्री रजिष्ट्रेसनमा रहेका सबैको बस्ने खाने सहितको ब्यवस्थापन भई सकेको जानकारी दिए । करिब ३००० भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा नया वर्षको कारणले ब्यस्त बनेका चितवनका होटलको ब्यवस्थापन कसरी गनुभएको छ भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा रायमाझीले भने “यो एउटा चुनौतीको बिषय पक्कै भएतापनि चुनौतीलाई अवसरको रुपमा लिएर हामीले काम गर्ने गरेका छौ त्यसैले सबैको बस्ने खाने ब्यवस्था हामीले अवश्य गर्नेछौ ।”

उनले सौराहामा मात्रै करिब १० हजार भन्दा बढि एकै रातमा सुत्न मिल्ने होटलहरु रहेकाले खाना र बस्नको लागि सहजनै हुने कुरामा आफु बिश्वस्त रहेको पनि बताए ।

महाधिवेसको तयारी तिब्र भइरहदा रत्ननगरलाई जेसीजको ध्वजा पताकाले पनि श्रृङ्गार भर्ने काम भइरहेको नगर सजावट समितिका सदस्य द्धय शुरज पौडेल र शुरेस जङ्ग पाण्डेले जानकारी दिए । खासगरि रत्ननगर जस्तो संभावनाले भरिपूर्ण ठाउँमा नेपालभरिबाट मानिसहरु आउदा यो रत्ननगरबासीका लागि पनि निकै महत्वपूण हुने बताए ।


तपाईको प्रतिक्रिया