अजित अधिकारी
चितवन । माडीमा यसबर्ष तोरीको उत्पादन बढ्ने देखिएको छ । तोरी खेतिको लागि मौसममा पनि यसबर्ष राम्रो सुधार आएको माडीका किसानहरु बताउछन । विशेषगरी माडी क्षेत्रमा पछिल्लो समय मानिसहरुको कृषि पेशा तर्फ आकर्षण बढेको छ । कृषि पेशाको लागि माडी खेतीयोग्य उर्बर भुमिको रुपमा परिचित रहेका कारण अधिकांस मानिसहरु कृषि पेसामा निर्भर रहेका छन ।

सो क्षेत्रको माटो खेतीयोग्य रहेका कारण कृषकहरुलाइ प्रोत्साहन गरेर उचित अनुदानमा मल बिउ बिजन र कृषि औजार दिन सकेमा माडी क्षेत्र कृषिमा झनै अगाडि बढ्ने देखिन्छ । यो बर्ष माडीमा केहिदिन अगाडि परेको पानीका कारणले पनि तोरी खेतिका लागि राहत मिलेको किसानहरुको भनाइ रहेको छ ।
तोरीमा लाग्ने रोगहरु समेत यो बर्ष अलि कम भएको माडीका एक स्थानियले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले सरकारले किसानहरुलाइ कृषि पेशातर्फ आकर्षण गराउन उचित मल बिउ बिजन कृषि औजार, सिचाइ र आबश्यक सीप ज्ञान क्षमताको बिकास गराउन समय समयमा कृषि विशेषज्ञहरुद्वारा परामर्श दिन सकेमा कृषि पेशामा अझ धेरै मानिसहरुको संख्यामा वृद्धि हुने बताए ।
बर्षेनि माडीमा गहुँ , धान , मकै , कोदो , भटमास , तोरी , सर्सिउ , तिल , आलस लगाएतका हिउँदे एबम बर्से बालिहरु लगाइनुका साथै विभिन्न सिजनको समयमा मौसमी तथा बेमौसमी तरकारी बालिहरुबाट समेत राम्रो उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया