चितवन । मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेको कांग्रेस चितवनले जनाएको छ । नेपाली कांग्रेस चितवनले सोमबार प्रेष बिज्ञप्ति निकाल्दै रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि आइतबार हुने निर्वाचन प्रक्रियालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले एकलौटि ढंगबाट पक्रिया अगाडि बढाएपछि उत्पन्न बिवादले नेकपाका नेता तथा कार्यकर्ताले घरेलु हतियार सहित नेपाली कांग्रेसका सदस्यहरुलाई आक्रमण गरेको जनाइएको छ ।
उक्त घटनामा नेपाली कांग्रेसका सहस्यहरु क्रमशः चन्द्र कुमारी पौडेल, अर्चना रिमाल, सिता घिमीरे, उर्मिला लम्साल, प्रकाश घिमीरे, गोमा गुरुङ्ग लगाएतका घाईते भएको र गम्भिर रुपमा घाइते भएकी चन्द्र कुमारी पौडेलको सिएमसी अस्पतालमा उपचार भईरहेको बिज्ञप्तिमा जनाइएको छ ।
सोहि घटनाका बिषयमा नेपाली कांग्रेसका सदस्य तथा तरुण नेता प्रकाश घिमिरेलाई पक्राउ गरिएको जनाउदै बिज्ञप्तिमा घिमिरेको तत्काल रिहाइको माग गरिएको छ ।