
अजित अधिकारी
चितवन- माडीको सिदुवामा खिचरा महोत्सव हुने भएको छ । माडी नगरपालिका–४ को सिदुवा चौरमा खिचरा महोत्सव हुने भएको हो । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारी सभा तथा क्षेत्र नम्बर १ माडी र नेपाल आदिवासी जनजाति नगर समन्वय समितिको सहआयोजनामा खिचरा महोत्सव हुने भएको हो ।
आदिवासी थारु समुदायले मनाउने खिचरा पर्व तथा आदिवासी थारु समुदायसहित अन्य जनजातिले मनाउने माघी पर्वलार्इ लक्षितगरी महोत्सव गर्न लागिएको माडी पर्यटन विकास समितिका अध्यक्ष पुरन महतोले नेपालीको आवाज डटकमलाई बताए ।
माडी नगर कार्यपालिकाको बैठकले माघीको अवसरमा खिचरा महोत्सव संचालन गर्ने निर्णय गरेको हो । महोत्सव संचालनका लागि रामेश्वर चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय भएको छ । महोत्सव आगामी पौष २८ गतेदेखि माघ ५ गतेसम्म संचालन हुने जनाइएको छ ।