महेश पाण्डे
चितवन । वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिले आरोप लगाएको छ । सोमबार देवघाटमा रहेको वागेश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रम सञ्चालक समितिले बैठक राखेको समयमा सो आश्रममा रहेका योगी ब्याग्र वेदनाथ (प्रभन्जन बहादुर सिंह) र योगी निरन्जन नाथको नेतृत्वमा आएको ६०/७० जना योगीहरुको समुहले ज्यानै लिने सोचका साथ आक्रमण गरेको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सञ्चालक समितिले जानकारी दिएको हो ।

समितिका अध्यक्ष शैलेन्द्र कुमार पियाले बिभिन्न ठाउँबाट पनि बोलाएर योगिहरुको नाममा गुण्डागर्दी शैलीमा आफु, महासचिव, कोषाध्यक्ष र पदाधिकारीहरुलाई गालिगलौज, अभद्र ब्यवहारको साथै हातपात पनि गरेको जानकारी दिए । उनले सो क्रममा त्यहा रहेको प्राकृतिक चिकित्सालयमा उपाचारमा रहेका बिरामीहरु र उपचारमा ब्यस्त रहेका डाक्टर तथा सेवकहरुलाई समेत योगीहरुको सो समुहले चिकित्सालयमा बसेर उपचार गरे ज्यानै लिने धम्कि दिएको बताए । पियाले योगीरुले परिषदका सल्लाहाकार ऋषिराज पाण्डे, ब्यवस्थापक युवराज लम्साललाई लक्षार पक्षार गर्दै महिला सेविकाहरुलाई लात्तैलात्ताले गोदि बालबच्चा र बृद्ध बुवाको साथमा क्वाटरमा रहेका डाक्टर हेमराज कोइरालाका बालबच्चा र बृद्ध पितालाई लक्षार पक्षार गरि डाक्टरलाई उनकै निवासकै अर्को कोठामा थुनी पासविक हत्या गर्ने प्रयास सम्मको हर्कत गरेको बताए ।

उनले डाक्टरका परिवारले बचाउ बचाउ र गुहार गुहार भनेको सुनेपछि योगीहरुको समुह डाक्टरको क्वाटरबाट निस्कि जङ्गली हात्ती सरह योगीको मर्यादा भन्दा बाहिर आश्रम परिसरमा गएर आतंक मञ्चाउने काम गरेको बताए । पियाले उक्त समयमा जो कसैको पनि ज्यान जान सक्ने स्थिती भएपछि प्रहरीलाई खबर गरिएको र प्रहरी आए पश्चात भने घटना केहि साम्य भएको जानकारी दिए ।

घटनामा परि कुटाई खाएका संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहाकार ऋषीराज पाण्डेले योगी ब्याग्र वेदनाथ (प्रभन्जन बहादुर सिंह) र योगी निरन्जन नाथले योगीको नाममा राजवादी भएकै कारण राजनिति गर्न खोजेको आरोप लगाए । उनले बिहान बैठक बसेको बेलामा एक्कासी आएर कसैलाई केहि बोल्ननै नदिई समिति भङ्ग भयो भनेको र अध्यक्षले लिखित लेउनुस भन्दा हातपात गरेको जानकारी दिए । पाण्डेले हाल संस्थाको खातामा फिक्स डिपोजिटमा करिब ५५ लाख रुपैया रहेको र सो रकमबाट गाईबस्तुको दान चोकर आउने स्थिती मात्र भएतापनि त्यही पैसाको लोभले पनि योगीहरुले आक्रमण भएको कुरा ब्यक्त गरे ।

उनले योगी ब्याग्र वेदनाथ (प्रभन्जन बहादुर सिंह) नाम मात्रका योगी भएको र बेलाबेलामा केटि लिएर जङ्गल जाने र गाँजाको लतमा पनि रहेको बताउदै ब्याग्र वेदनाथले सो क्षेत्रलाई गाँजाको अखडानै बनाएको आरोप लगाए । उनले हाल सो आश्रमलाई प्रदेश सरकारले १ करोड रुपैया दिने लगभग निश्चित भएको बताउदै सरकारले १५ सैयाको प्राकृतीक चिकित्सालयको पनि अनुमती दिएर हाल चिकित्सालय सञ्चालन भईरहेको जानकारी दिए ।
योगीहरुको प्रत्यक्ष कुटाईमा परेका आश्रमका ब्यवस्थापक युवराज लम्सालले नियमीत बैठकका दौरान आएका योगीहरु आफुहरुलाई मार्ने र कुट्ने नियतले आएको बताए । उनले आफुलाई निरञ्जन महाराज बताउने योगीले सल्लाहाकार ऋषी पाण्डेलाई पिट्न पर्छ भनेको सुनेको र उनिहरुले पाण्डेलाई दाहीने पाखुरामा समातेर लगेपछि अश्लिल शब्द सहित गालिगलौज गर्दै कुटपिट गरेको बताए । उनले सोही क्रममा योगीहरुले आफुलाई पनि कुटेको बताए ।

लम्सालले सो घटनमा आफुलाई बाच्दीन जस्तो लागेको बताउदै सबैभन्दा महत्वपूर्ण कुरा अब आश्रमको शुरक्षा र ब्यवस्थापन कसरी गर्ने भन्ने रहेको बताए ।
संस्थाका सल्लाहाकार जयराम खत्रीले आफुलाई डाक्टरले जोगीले मार्ने भए भनेर फोन गरेपछि करिब १५ मिनेटमा घटनास्थलमा पुगेको बताउदै सो घटनामा रामनगर, गणेश स्थान, देवघाट लगाएतका स्थानबाट जोगीका समुह गाडिनै रिजर्भ गरेर आएको पाईएको बताए । उनले सो अश्राममा योगी ब्याग्र वेदनाथको उपस्थिती रहुन्जेल यस्तो समस्या आइनै रहने जिकिर गरे ।

संस्थाका महासचिव भोजराज भट्टले ब्याग्र वेदनाथ पूर्व युवराज पारस शाहलाई बिगार्ने ब्यक्ति भएको बताउदै उनी राजावादी भएको आरोप पनि लगाए । हाल वागेश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रममा प्राकृतीक चिकित्सा, गुरुकुल, गौ संरक्षण तथा धार्मीक बन सञ्चालनमा रहेको छ भने सो ठाउँमा उपचारका लागि बिभिन्न ठाउँबाट मानीसहरु आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया