काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन् ।
त्यस अवसरमा  उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले बिदाइ भेट गरे । भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिकि साझेदारी र सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गरेका थिए । दुवै भेटमा राजदूत पुरीका साथ उनकी श्रीमती पनि थिइन् ।
सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा राजदूत पुरीले बिदाइ भेट गरेका थिए ।
सन् २०१७ को २६ मार्चदेखि  भारतीय राजदूतको रुपमा सेवा गरेका उनी १ जनवरी  २०२० मा स्वदेश फर्कंदै छन् ।

तपाईको प्रतिक्रिया