महेश पाण्डे
चितवन । जेसीज महाधिवेसनमा अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले आफुले “मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु“ गराउने कुरा ब्यक्त गरेका छन् । नेपाल जेसीजको ४६ औं राष्ट्रीय महाधिवेशन आज (बुधवार) देखि १२ गते सम्म चितवनको रत्ननगरमा शुरु हुदै गर्दा बिहान बीसहजार जेसीजले रत्नगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सो कुरा बताएका हुन ।
सन् २००४ बाट जेसीजमा प्रवेष गरेको जानकरी दिदै खनालले आफु अहिले सम्म जेसीजमा सक्रिय भई निरन्तर लागि रहेको बताए । उनले आफु सन् २०१० मा बीसहजार जेसीजको अध्यक्ष, सन् २०१२ मा नेपाल जेसीजको महासचीव र सन् २०१६ मा राष्ट्रिय उपाध्यक्ष भैसकेको कारणले गर्दा पनि जेसीजमै लागेर अहिले सम्म निकै अनुभव बटुल्न सफल भएको बताउदै आफुलाई सहजै अत्याधिक मतले बिजयी हुने बिश्वास रहेको बताए ।
खनालले आफु अध्यक्ष भएमा आफ्नो मुख्य नारानै “परिवर्तनलाई उठौ, मानव बिकासका लागि नेतृत्वका अभ्यासहरु” रहेको बताउदै जेसीज आफैमा नेतृत्व बिकास गर्ने संस्था भएकाले सबैलाई क्षेत्रीय तालीम प्रतिष्ठान मार्फत नेतृत्व बिकासका अभ्यासहरुलाई ४ वटै क्षेत्रमा पुर्याउने बताए । उनले मानव बिकास मार्फत मानव हुदै परिवार, परिवार हुदै समाज र समाज हुदै बिश्वमा शान्ति फैलाउन सकिन्छ भन्ने बिश्वास रहेको बताउदै अब जेसीज पनि बिकेन्द्रिकरणमा जानुपर्ने धारणा राखे ।
नेपाल जेसीजमा धेरै क्षमतामान ब्यक्तित्वहरुले नेतृत्व लिइसकेको जानकारी दिदै खनालले अब नेपाल सरकारको नेतृत्व तहमा जेसीजको प्रतिनिधित्व रहने हिसावले आफुले काम गर्ने बताए । उनले हाल नेपालका ४४ जिल्लामा रहेका करिब १५० शाखामा एक आपसमा भाइचाराको भावना स्थापित गराउन आफु लागिपर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।

कार्यक्रमको आयोजना गरेको बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटीले प्रेष बिज्ञप्ति प्रस्तुत गर्दै बीसहजार जेसीसका पूर्व अध्यक्ष समेत रहेका अरुणेश्वर खनाललाई सबैजना भएर जिताउनु पर्ने धारण राखे । उनले खनालको ब्यक्तित्वको बारेमा जानकारी दिदै नेपाल जेसीजलाई थप उचाईमा पुर्याउन पनि उनले जित्नै पर्ने कुरा ब्यक्त गरे ।

प्रचार प्रसार समितिका संयोजक तथा बीसहजार जेसीजका पूर्व अध्यक्ष रमेशचन्द्र बस्ताकोटीले खनाल बिजयी हुनु भनेको सबै चितवनबासीको पनि गौरबको बिषय हने जिकिर गरे । उनले आफु खनालसंगै बाउनडागी देखि अछामसम्म पनि पुगेको बताउदै खनालको पक्षमा माहोल निकै राम्रो रहेकाले जित सुनिश्चित भएको बताए ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीले खनाल १६ वर्ष देखि जेसीजमा रहेकाले पनि १२ गते बेलुका अध्यक्ष हुनेमा आफु बिश्वस्त रहेको बताए । उनले नारायणगढ जेसीजले बिसहजार जेसीजलाई मातृत्व प्रदान गरेको जानकारी गर्दै जेसीजलाई जागरुक बनाउन अरुणेश्वर खनाल महत्वपूर्ण ब्यक्ति भएको बताए ।

आज (बुधवार) देखि १२ गते सम्म चितवनको रत्ननगरमा ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । अहिलेको नेपाल जेसीजको नेतृत्वका लागि विसहजारी जेसीजबाट अरुणेश्वर खनाल, पथरी जेसीजबाट अशोक शंकर र काभ्रेबाट विकास मानन्धर अध्यक्ष पदको लागि मैदानमा उत्रिएका छन् । यसपालिको महाधिवेसबाट १७ जना अध्यक्ष सहितको कार्यसमिति प्रत्यक्ष चुनिने छन् भने ४ जना निर्वाचित अध्यक्षले चुन्ने बिधानमा प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया