
अजित अधिकारी
चितवन । माडीको बसन्तपुरमा आगामी पौष १३ गते आइतबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा र युवा रेडक्रस सर्कल माडी क्याम्पसको आयोजना तथा बसन्तपुर ब्याइज र माडी जेसिजको सह आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । “ रक्तदान जीवन दान , यसमा हामी सबैको ध्यान , दिउँ रगत बचाउ ज्यान , तब हुन्छौं हामी महान “ भन्ने मुल नाराका साथ क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरको प्राबिधिक र माडी नगरपालिकाको आर्थिक सहयोगमा आगामी पौष १३ गते आइतबार माडी क्याम्पस परिसरमा बिहान ७ बजे देखि रक्तदान कार्यक्रम सञ्चालन गरिने नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौडाका सभापति भागिरथ बस्यालले नेपालीको आवाज डटकमलाइ जानाकारी दिए ।
मेडिकल सिटीका रुपमा परिचित चितवनमा निरन्तर भइरहने रगत अभावलाइ कम गर्ने उदेश्यले रेडक्रस उपशाखाहरुको अगुवाइमा माडीमा हरेक त्रैमासिक अबधिमा रक्तदान कार्यक्रम रहदै आएको छ । साथै रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्नुहुन सम्पुर्णमा आयोजकले अनुरोध समेत गरेको छ ।