चितवन । क्षेत्रीय होट संघ र एनिमल राईट्स क्लब बिचमा सहमति भएको छ । बिगत लामो समय देखि जनावरको अधिकारको लागि लड्दै आएको एनिमल राईट्स क्लबले हात्ती महोत्सबको बिरोध गर्दै आएको थियो । जसका कारण १६ औं हात्ती महोत्सबमा प्रायोजन ल्याउन समस्या देखिएको थियो ।

मंगलबार क्षेत्रीय होट संघका कोषध्यक्ष शिवराज दुवाडी र एनिमल राईट्स क्लबका सह–संस्थापक सुराजन श्रेष्ठका बिचमा १० बुंदे सहमति भई हस्ताक्षर गरि संयुक्त बिज्ञप्ति जारी गरिएको छ ।
जसमा बाघमाराको चौरमा पशु चिकित्सक तथा विज्ञहरु राखी चितवन हात्ती महोत्सबमा हुने हात्ती पोलो, हात्तीको छावाको फुटबल, हात्ती लम्काई प्रतियोगिता तथा हात्ती शुन्दरी प्रतियोगिता जस्तो गतिविधीहरुमा भाग लिन भनि छुट्टाइएका हात्तीहरुको शारीरिक अवस्था जाँच गर्ने उल्लेख गरिएको छ । साथै उक्त बिज्ञप्तिमा हात्ती महोत्सबको हरेक दिनको कार्यक्रमको समिक्षा मिलेर गर्ने लगाएतका कुरा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया