चितवन । आज (बिहिबार) सूर्यग्रहण लाग्ने दिन रहेको छ । सूर्यग्रहण नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुने हुनाले ग्रहण अवधि २ घण्टा ४९ मिनेटको हुनेछ ।
खास गरि सूर्य ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने भएकोले घर बाहिर ननिस्केको नै उत्तम हुने खगोल बैज्ञानिकहरुको सुझाव रहेको छ । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, भोजन गर्न, पकाउन, बिभिन्न औजारको प्रयोग गर्न, भूमि खन्न, शुभ कार्यको प्रारम्भ गर्न नहुने पनि शास्त्रीय मान्यता छ ।

सूर्यग्रहण भनेको एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन, त्यसै अवस्थालाई नै सूर्यग्रहण भनिन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ । त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पने गदछ ।
यसैबिच बिभिन्न नगपालिकाले सूर्य ग्रहणको लाग्ने भनेर आज सार्वजनिक बिदा दिएका छन् ।

तपाईको प्रतिक्रिया