खैरहनी । खाद्य स्वच्छताको लागि सरकारले खाद्य उत्पादन मापदण्ड बनाएर लागु गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले खैरहनीमा आयोजना गरेको खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रममा सरकारले खाद्य उत्पादन मापदण्ड नबनाएका कारण खाद्य बस्तुमा मिसावट हुने गरेको उनीहरुले बताए ।

धेरै पैसा कमाउने मनसायले व्यवसायीहरुले खाद्य बस्तुमा मिसावट गर्ने गरेको भन्दै उनीहरुले यसलाई नियन्त्रण गर्न खाद्य उत्पादन मापदण्ड लागु गर्नुपर्ने बताएका हुन । कार्यक्रममा खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले खाद्य गुणस्तर कायम गर्न सरकार चनाखो हुनुपर्ने बताए । विदेशबाट आयत हुने खाद्य बस्तुमा मिसावट र केमिकलको प्रयोग हुने गरेको भन्दै सापकोटाले यसको नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले धेरै पैसा कमाउने लोभमा उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गर्न

तपाईको प्रतिक्रिया