अजित अधिकारी
चितवन । माडीको चेपाङ्ग छात्राबासका बालबालिकालाइ न्यानो कपडा र स्टेशनरी सामग्री बितरण गरिएको छ । माडी नगरपालिका ६ मा रहेको चेपाङ बालबालिका छात्राबासमा जाडोको समयलाइ मध्यनजर गरी चेपाङ बालबालिकाको शैक्षिक गुणस्तर सुधार र बिकास गराउनको लागि मंगलबार न्यानो कपडा र स्टेशनरी सामग्री बितरण गरिएको हो ।


माडीको लक्ष्मि निबासमा चेपाङ बालबालिका छात्राबासमा रहेका ४१ जना चेपाङ बालबालिकाहरुलाइ जुत्ता, मोजा, स्विटर, टोपी र स्टेशनरी सामग्री बितरण गरिएको हो । सनराइज इङलिस स्कुल भरतपुरबाट स्विटर टोपी र स्टेशनरी सामग्री सहयोग गरिएको थियो ।

माडी नगरपालिकाका सुचना प्रबिधि अधिकृत प्रबीण भण्डारी र उहाँकि श्रीमती रबिना देउजाले ३२ हजार बराबरको जुत्ता मोजा सहयोग गरेका हुन् । त्यस्तै न्यु दवाडी शु सेन्टर भरतपुरका प्रोपाइटर संतोष दवाडीले १८ हजार बराबरको जुत्ता सहयोग गरेका थिए । उक्त सहयोग एबम हस्तान्तरण कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा सनराइज इङलिस स्कुल भरतपुरका प्रधानाध्यापक हेमराज शर्मा, कल्याणपुर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष जित बहादुर चापागाईं, चेपाङ बालबालिका छात्राबास ब्यबस्थापन समितिका अध्यक्ष श्याम बिष्ट र उक्त छात्राबासका अभियन्ता श्री प्रसाद दवाडी लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

श्याम बिष्टले सहजिकरण गरेको कार्यक्रममा छात्राबासमा रहेका चेपाङ बालबालिकाहरुलाइ विभिन्न संघ सस्था एबम ब्यक्तिहरुले प्रदान गरेका न्यानो कपडा र स्टेशनरी सामग्री माडी नगरपालिका नगरप्रमुख ठाकुर प्रसाद ढकालको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया