चितवन । नारायणगढमा बसले ठक्कर दिदा घाइते भएका साईकल यात्रीकाे मृत्युु भएकाे छ । अाज बिहान ०७:०० बजेको समयमा भरतपुर म.न.पा.१ दियालोरोडमा पुलचोकबाट पोखरा बसपार्क तर्फ जांदै गरेको ना४ख ६३३० नम्बरको बसले साईकल यात्री राप्ती न.पा.१३ बाक्सिलिङ बस्ने अं. बर्ष १७ को फिलिप प्रजालाई ठक्कर दिएकाे थियाे ।

गम्भिर घाईते प्रजालाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा उनकाे उपचारको क्रममा बिहान ०७:२० बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया