महेश पाण्डे
चितवन । १६ औं हात्ती महोत्सब सुरु भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा आज (बिहिबार) देखि सौराहामा रहेको बाघमारा सामुदायीक बनको खालि चौरमा महोत्सब सुरु भएका हो । यस अघि ५ दिन सम्म मात्र चल्ने महोत्सब यस पटक भने ९ दिन सम्म चल्नेछ । प्रदेश सरकाले पनि भ्रमण वर्ष २०२० लार्य लक्षित गरि हात्ती महोत्सबलाई पनि आफ्नो कार्यक्रमनै मानि अगाडी बढेकै कारण महोत्सब लम्बिएको हो ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्वाधारको विकास भएमात्र पर्यटककाे संख्या बढ्ने कुरा ब्यक्त गरे । उनले पुर्वाधार सबै ठाउँमा पुर्याउन सके पर्यटनको विकासपनि स्वत हुने धारणा ब्यक्त गर्दै त्यसको लागि आफु सदैव तयार रहेको जिकिर गरे । नेपाल बिश्वमा भौगोलिक हिसाबले सानो देश भएतापनि जैबिक, भौगोलिक, सांस्कृतिक, भाषिक बिविधताले भरिपूर्ण रहेको बताउदै प्रचण्डले यो नेपालको लागि निकै महत्वपूर्ण रहेको बताए ।

उनले नेपाल पर्यटकीय संभावना भएको देश भएकाले पनि अन्य कुराको विकास कुनै बिन्दुमा समाप्त हुने भएपनि पर्यटनको विकास भनेको कहिलै अन्त्य नहुने अनन्त खालको भएको जिकिर गरे । उनले नेपालको बन्यजन्तु एैन २०२९ अहिलेको समय सान्र्धभिक नदेखिएकाले उक्त एैन कुनैपनि हालतमा परिर्वतन हुने र त्यसका लागि सबै प्रक्रिया पुरा भई एैन संसोधनको प्रक्रियामा रहेको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि पूर्व अर्थमन्त्री तथा प्रतिनिधी सभा सांसद शुरेन्द्र पाण्डेले अहिलेको मुख्य कुरा भनेको नेपाललाई विकासशील राष्ट्रबाट कसरी विकसीत राष्ट्र बनाउने भन्ने रहेको बताए । उनले नेपालमै रोजगारीको सिर्जना गरि विदेसीएका लाखौ युवालाई सकारात्मक सन्देश दिएर फर्काउन सकेमात्र ठुलो उपलब्धी हुने कुरा ब्यक्त गरे ।

होटल संघ नेपालका केन्द्रिय उपाध्यक्ष बिनायक शाहले नेपाल सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा त्यो संभव भएको तर त्यसको लागि बिमानस्थल, सडक सञ्जाल लगाएतका ठाउँको स्तर उन्नति गर्नुपर्ने कुरा ब्यक्त गरे ।
रत्ननगर नगरपालिका नगर प्रमुख नारायण वनले रत्ननगर जैविक विविधताले भरिपूर्ण रहेको बताउदै हाल सौराहा पर्यटकीय गन्तब्यमा तेस्रो भएतापनि अब दोश्रो हुदै पहिलो बनाउने तर्फ अगाडि बढेको बताए । वनले हालका दिनमा रत्ननगर र माडीलाई सडक सञ्जाल मार्फत पर्यटकीय स्थानसंग जोड्ने प्रयास भैरहेको पनि जानकारी दिए ।

कार्यक्रमका सभापति तथा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले ५ वटा हात्ती दौडाएर सुरु भएको महोत्सब आजको दिन सम्म आएको बताउदै हात्तीलाई दुःख दिने नियत आफुहरुको नभएको बताए ।

रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले हात्ती महोत्सब हात्ती र मानव बिचको सम्बन्धलाई नजिकबाट नियाल्ने एउटा अवसर भएको बताए । उनले हालका दिनमा निजि हात्तीहरुले निकुञ्जको घाँस पनि खान नपाएको बताउदै हात्ती चरणको ब्यवस्था हुनुपर्ने कुरा ब्यक्त गरे ।
हात्ती महोत्सबका संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष राममणी खनालले उपस्थित सबैलाई स्वागत गर्दै पर्यटन क्षेत्रको विकास गर्ने हो भने नेपाल सरकारले सबैभन्दा पहिले पर्यटकलाई प्याकेजको ब्यवस्था गर्नुपर्ने कुरा ब्यक्त गरे । उनले भ्रमण वर्षमा सौराहामा पर्यटन आउने वातावरण बनोस भन्दै प्रदेश नं. ३ को सरकारले भ्रमण वर्षको सुरुवात सौराहाबाटनै गर्न लागेकोमा धन्यवाद पनि ब्यक्त गरे ।

महोत्सवमा ९ दिन सम्म हात्ती फास्ट वाक, हात्तीका छावाहरुबीच फुटवल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको पिकनिक, गाढा, टाँगा र डुंगा दौड लगायत प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय कलाकार सहितको विविध सास्कृतिक कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया