भरतपुर- बसको ठक्करबाट बिहीबार बिहान एक जना साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एक नारायण कोइरालाले बताए ।
पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । घाइते साइकलयात्री प्रजाको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ७.२० बजे मृत्यु प्रवक्ता कोइरालाले जानकारी दिए । बस नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको उनको भनाइ छ ।
यसैबीच, भरतपुर–११ भोजाड चोकमा बुधबार बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ७ ख २५१८ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको ना ६५ प ७३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक रत्ननगर नगरपालिका–४ बस्ने वर्ष २६ का अनिल विश्वकर्मा गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया