अजित अधिकारी
चितवन । माडीमा सन नेपाल लाइफ इन्स्योरेन्सको एकदिने अभिकर्ता अभिमुखीकरण तालिम समपन्न भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाको आयोजनामा “तपाईंको परिवारको सुरक्षा शिक्षा र समृद्धिको लागि” भन्ने मुल नाराका साथ अभिकर्ता अभिमुखीकरण तालिम शुक्रबार माडी भिलेज होटल रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुलाइ बिमा के हो र किन गरिन्छ ? साथै जीवन बिमा गर्दा प्राप्त हुने लाभ लगाएतका जीवन बिमा योजना बिषयकमा जानाकारी गराइएको थियो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाले आयोजना गरेको अभिकर्ता अभिमुखीकरण तालिममा प्रमुख अतिथिको रुपमा सन नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल बिशिष्ट अतिथि सन नेपाल लाइफ इन्स्योरेन्सका सहायक महा प्रबन्धक घनश्याम पुरी रहेका थिए भने कार्यक्रममा सभापति सन नेपाल लाइफ इन्स्योरेन्स माडी शाखाका प्रमुख प्रकाश अर्याल रहेका थिए ।

कार्यक्रममा स्वागत स्वागत मन्तव्य अनिता भण्डारी र मनकला अधिकारीले राखेकी थिइन भने सहभागीहरुलाइ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत राजकुमार अर्यालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत भई उत्कृष्ट काम गर्नेहरुलाइ प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने कार्यक्रमको सहजीकरण मनिष थापा मगरले गरेका थिए ।

तपाईको प्रतिक्रिया